नेपाली कांग्रेसमा करिब तीन सय जना प्रवेश,मन्त्री सिंहले गरे स्वागत

दुर्गा कुमारी अधिकारी    प्रकाशित: २०८०-७-११ गते   १६३ पटक हेरिएको

जसपा नेपालको केन्द्रिय सदस्य सहित विभिन्न पार्टी परित्याग गरी कमिर तीन सय जना नेता कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।सर्लाहीको बरहथवा नगरपालिका १७ र १८ का जनता समाजवादी पार्टी(जसपा) र नेकपा(एमाले) का विभिन्न तह र तप्काका नेता तथा कार्यकर्ताहरु गरी करिब तीन सय जना नेपाली काँग्रेसमा प्रवेश गरेका नेपाली कांग्रेस सर्लाहीले जनाएको छ ।

नेपाली काँग्रेस मधेश प्रदेशका उपसभापति एवम मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री वीरेन्द्र प्रसाद सिंहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जसपाका नेता राम नारायण राय र वीरेन्द्र राय लगायत एमालेबाट गरी करिब तीन सय जना नेता कार्यकर्ताहरु कांग्रेसमा प्रवेश गरेका नेपाली काँग्रेस मधेश प्रदेशका उपसभापति एवम मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री सिंहका स्वकयि सचिव निकेश त्रिपाठीले जनाकारी दिए ।

उनका अनुसार कार्यक्रममा नेपाली काँग्रेस सर्लाहीका सभापति सुरेन्द्र प्रसाद सिंह,पुर्व सभापति नागेन्द्र कुमार राय,प्रदेश सभा सदस्य जंगीलाल राय,सर्लाही क्षेत्र नम्बर ३ का क्षेत्रिय सभापति पुण्य प्रसाद घिमिरे र बरहथवा नगर सभापति उपेन्द्र महतो लगायतको उपस्थिति रहेको थियो ।नव प्रवेशीहरुलाई नेपाली काँग्रेस मधेश प्रदेशका उपसभापति एवम मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री सिंहका साथै नेपाली काँग्रेस सर्लाहीका सभापति सिंह,पुर्व सभापति राय,प्रदेश सभा सदस्य राय,सर्लाही क्षेत्र नम्बर ३ का क्षेत्रिय सभापति घिमिरे र बरहथवा नगर सभापति महतोले खादा र मालाले स्वागत गरेका छन् ।

पछिल्लो समय नेपाली काँग्रेस मधेश प्रदेशका उपसभापति एवम मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री सिंहका गतिविधिहरुका कारण कांग्रेसमा प्रवेश गर्नेहरुको लर्काे लागेको छ । युवाहरुका प्रतिनिधित्व गर्दै मन्त्री बनेका सिंहले जनताका प्रत्यक्ष सरोकारका विषयमा चासोका साथ काम गरेका कारण जनताको आक्रषण बढेको कांग्रेस सर्लाहीका सभापति सुरेन्द्रले बताए ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech