सर्लाहीको लालबन्दीबाट जबर्जस्ती करणी गर्ने प्रयासको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । लालबन्दी नगरपालिका २ का देवचन पासवानलाई जबर्जस्ती करणी गर्ने प्रयासको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
रहेको नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सर्लाहीका अध्यक्ष राजेश पासवानले जनाएको छ । गत बैशाख १४ गते राती करिब १०ः३० बजे स्थानीय एक दलित महिलालाई घर भित्र पसी जबर्जस्ती करणी गर्ने प्रयासको आरोपमा पासवानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिनु भयो। उहाँका अनुसार पासवानलाई असार १४ गते ईलाका प्रहरी कर्यालय लालवन्दीले पक्राउ गरेको थियो ।
उक्त घटनालाई गाउँका केही अपराधिक कार्यलाई पक्षपोषण गर्ने व्यक्तिहरुले पीडित महिलालाई धम्काइ आर्थिक प्रभावमा पारेर उक्त घटनालाई गोप्य रुपमा मिलाउन खोजेको भनी जानकारी पाउना साथ नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सर्लाहीको पहलमा महिला पुर्न स्थापना केन्द्रको मनोसमाजिक परामर्शकर्ता र मानव अधिकारकर्मीको संयुक्त टोलीले घटनाको बारेमा प्रहरीलाई जानकारी गराएको थियो ।
यस्तो जघन्य किसिमको अपराध गर्ने अपराधीलाई कानुन अनुसार हदैसम्मको कार्यवाही गर्न र पीडितलाई उचित क्षतिपूर्ति दिलाउन अधिकारकर्मीले प्रहरी समक्ष आग्रह गरेका छन् ।