तीन महिनामा करिब ३९ करोड अवैध सामान र सवारी साधन सशस्त्र प्रहरी मधेशको नियन्त्रणमा

210 Shares

नेपाल–भारत खुला सीमाबाट हुने तस्करी र सीमा अपराध नियन्त्रणमा सशस्त्र प्रहरी बल, नेपालको मधेश प्रदेश टिम सक्रिय बनेको छ।सशस्त्र प्रहरी बल नेपाल छिन्नमस्ता बाहिनी मधेश प्रदेशको प्रमुखको रुपमा डिआईजी विष्णु भट्ट आएदेखि सीमा अपराध न्यूनिकरणको बाटोमा लागेको सशस्त्र प्रहरी बल मधेश प्रदेशले विगत तीन महिनामा मात्रै करिब रु ३९ करोड बराबरको बराबरको अवैध सामान सवारीसाधनहरु बरामद गरी भन्सार दाखिला गरेको छ।
असारदेखि भदौ मसान्तसम्मको तीन महिनाको अवधिमा मात्रै सशस्त्र प्रहरीले करिब रु. २७ करोड ८५ लाख बराबरको अवैध सामान र यसमा प्रयोग भएका रु. १० करोड २२ लाख बराबरका सवारीसाधनहरु बरामद गरी भन्सार दाखिला गरेको सशस्त्र प्रहरी बल नेवाल छिन्नमस्ता बाहिनी मधेश प्रदेशका प्रमुख एवम् डिआईजी  भट्टले बताए ।उनका अनुसार विगत तीन महिनामा भन्सार छली गरी अवैध रूपमा निकासी–पैठारी गरिएका खाद्यान्न तथा किराना सामान,कपडा,सुर्तीजन्य पदार्थ,इलेक्ट्रोनिक्स,हार्डवेयर,मोटरपाट्र्स र कस्मेटिक्स लगायतका सामान बरामद भएका छन्। 
त्यसैगरी सो अवधिमा एक हजार एक सय चार दशमलव शुन्य पाँच क्युफिट अवैध काठ,३० लाख सात हजार नेपाली रुपैँया र चार हजार दुई सय ८० भारतीय रुपैँया नगद,आठ दशमलव ५७० ग्राम सुन र एक सय दुई ग्राम चाँदी बरामद गरी सम्बन्धित निकायमा थप अनुसन्धानका लागि बुझाइएको सशस्त्र प्रहरी बल नेवाल छिन्नमस्ता बाहिनी मधेश प्रदेशले जनाएको छ ।बाहिनीका अनुसार विभिन्न अपराधमा संलग्न ८४ जना मानिसलाई पक्राउ गरी अनुसन्धानमा पठाइएको र अवैध सामान भण्डारण भएका ३५ भन्दा बढी स्थानमा समन्वयात्मक रुपमा खानतलासी गरी सामान बरामद गरिएको छ।
लागुऔषध र हातहतियार नियन्त्रण
लागुऔषध नियन्त्रणतर्फ पनि सशस्त्र प्रहरीले उल्लेख्य सफलता हासिल गरेको छ।जस अन्तर्गत ब्राउन सुगर एक सय ९३ दशमलव ६८ ग्राम,चरेश नौ दशमलव पाँच किलो र गाँजा एक हजार छ सय छ दशमलव ८५७ किलोसहित अन्य प्रतिबन्धित लागुपदार्थ ठूलो परिमाणमा जफत गरिएको सशस्त्र प्रहरी बल नेवाल छिन्नमस्ता बाहिनी मधेश प्रदेशले जनाएको छ।
कार्यालयका अनुसार सशस्त्र प्रहरी बलले लागुऔषध बिरुद्ध राष्ट्रिय अभियान संचालन गर्न यस वर्ष मधेशका सीमावर्ती पालिकाहरुमाा पाईलट कार्यक्रम संचालन गर्ने योजना बनाएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ। हातहतियारतर्फ तीन वटा कटुवा पेस्तोल, दुई थान सिक्सर र दुई थान भरुवा बन्दुक सहित गोली र बारुद समेत बरामद गरेको छ ।
मानव बेचबिखन र अवैध उत्खनन नियन्त्रण
सशस्त्र प्रहरीले मानव बेचबिखन हुनसक्ने आशंकामा २९ जना महिला र ३० जना पुरुषसहित ५९ जनाको उद्धार गरेको छ।जसमा १२ जना बालक र दुई जना बालिका समेत रहेका छन्। अवैध उत्खनन विरुद्ध कारबाही गर्दै सशस्त्र प्रहरीले सो अवधिमा २२ वटा ट्र्याक्टर,२६ वटा टिपर र दुई वटा जेसीबी नियन्त्रणमा लिँदा तीन जना मानिसलाई पनि नियन्त्रणमा लिएको छ।
विपद् व्यवस्थापन र संगठनात्मक अनुशासन
सीमा सुरक्षाका साथै विपद् व्यवस्थापनमा पनि सशस्त्र प्रहरीको सक्रिय भूमिकारहेको छ । यो तीन महिनाको अवधिमा विभिन्न विपद्मा परेका १५ जना पुरुष र १५ जना महिला गरी ३० जनालाई सकुशल उद्धार,दुई सय ११ जना पुरुष र ६३ जना महिला गरी दुई सय ७४ जना घाईतेको उद्धार गरेको छ भने ६३ जना पुरुष र १६ जना महिला गरी ७९ जना मृतकको उद्धार गरेको छ। सशस्त्र प्रहरी बल नेवाल छिन्नमस्ता बाहिनी मधेश प्रदेशसंग १२ जना तालिम प्राप्त गोताखोर रहेका छन् भने उनीहरुलाई नदिजन्य विपद्मा खोज तथा उद्धारका लागि आवश्यकता अनुसार परिचालन गरिने गरिएको सशस्त्र प्रहरी बल नेपाल छिन्नमस्ता बाहिनी मधेश प्रदेशले जनाएको छ ।
सशस्त्र प्रहरी बल नेपालको सांगठानिक नीति अनुसार संगठन भित्र अनुशासन कायम राख्न र नीति विपरीतको आचरण गर्नेलार्य काबाृही गर्ने काम समेत भएको छ।संगठनको नीति विपरित काम गर्ने ३५ जना सशस्त्र प्रहरी अधिकृतसहितका साथै कर्मचारीलाई विभागीय कारबाही गरिएका छ भने कार्यक्षेत्रमा उत्कृष्ट योगदान पु¥याउने ४३ जनालाई सशस्त्र प्रहरी अधिकारीहरुलाई पुरस्कृत गरिएको सशस्त्र प्रहरी बल नेवाल छिन्नमस्ता बाहिनी मधेश प्रदेश स्रोतले जनाएको छ ।

सम्बन्धित समाचार