Close This

चोक–चोकमा मास्क बाँड्दै सर्लाही प्रहरी

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१-१६ गते   १८७ पटक हेरिएको

जिल्ला प्रहरी कार्यालय सर्लाहीले कोरोनाको ग्राफ बढ्दै गएपछि जिल्लाबासीलाई मास्क लगाउन अनुरोध गर्दै चोकचोकमा मास्क वितरण गरेकोे छ । पछिल्लो समय बढ्दो संक्रमित र मृत्यु दरलाई ध्यान दिँदै सर्लाहीलाई कोरोनाबाट जोगाउन प्रहरीले मास्क लगाउन अनुरोध गरेको हो ।
नेपाल प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी, उद्योग वाणिज्य संघ, सञ्चारकर्मीसहितको संयुक्त टोलीले बिना मास्क हिँड्नेहरूलाई मास्क वितरण गर्ने र कोरोना भाईरस सम्बन्धी जनचेतना जगाउने काम गरेको हो ।
 कोरोना सचेतना जगाउन र सजग गराउन मास्क प्रयोग गर्न सबैलाई अनुरोध गर्दै जिल्लाका मुख्य बजारहरुमा मास्क वितरण गर्नको साथै जन चेतना जगाउने काम गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सन्तोष सिह राठौरले जानकारी दिनु भयो । 


कोरोना संक्रमणको त्रास सर्लाहीमा पनि बढेको छ । कोरोनाबाट सजग हुन सचेतनाका कार्यक्रम सुरु गरिएका छन् । भने कोरोना संक्रमणका कारण जिल्लामा तीन जनाको ज्यान गई सकेको प्रहरीले जनाएको छ ।
अनिवार्य मास्क प्रयोग, काममा मात्रै बाहिर निस्कन अनुरोध, मन्दिर, सपिङ क्षेत्र, भोजभतेर भिडभाड हुनेस्थान तथा कार्यक्रममा २५ जना भन्दा बढी भेला हुन नपाउने, सामाजिक दूरी कायम गर्नुपर्ने, नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्डको पालना गर्नु पर्ने लगायतका जनचेतनामुलक नाराहरु मार्फत आग्रहसहित माइकिङ गरिएको छ ।सर्लाहीमा कोरोनाको त्रास बढेकाले यसबाट सुरक्षित हुन पूर्व तयारीस्वरुप मास्क वितरण गरेर सचेतना अभियान थालिएको प्रहरी उपरीक्षक राठौरले बताउनु भयो । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech