माओवादी केन्द्रका नेता साहद्धारा वन तथा वातावरण मन्त्रालय अस्वीकार

232 Shares

मधेश प्रदेश सरकारका विना विभागीय मन्त्री भरत प्रसाद साहले आफुलाई जबरजस्ती वन तथा वातावरण मन्त्रालय जिम्मा दिएको भन्दै आपती जनाएका छन्।मधेश प्रदेश सरकारमा गत वैशाख ६ गते विना विभागीय मन्त्रीको रुपमा शपथ लिएका नेकपा(माओवादी केन्द्र) मधेश प्रदेश संसदीय दलका नेता साहले आफुलाई जबरजस्ती वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको भन्दै आपती जनाएका हुन ।
उनले आफुले अहिले कुनैपनि मन्त्रालयको जिम्मेवारी नलिएको समेत बताएका छन्।आफुले मधेश प्रदेश सरकारको अर्थ मन्त्रालयको माग राखेको र केही दिनमा अर्थ मन्त्रालय सम्हाल्ने तयारी गरि रहेको भएपनि मुख्यमन्त्री सरोजकुमार यादवले आफुलाई जबरजस्ती वन तथा वातावरण मन्त्रालय जिम्मा लगाएकाले त्यो अस्वीकार गरेको समेत नेता साहले बताए । 
निवर्तमान गृह तथा सञ्चार मन्त्री समेत भएका साहले आफु अहिले वन तथा वातावरण मन्त्रालय स्वीकार नगर्ने र आफ्नो पहिलाको अडान अर्थ मन्त्रालय रहेकाले सोही अडानमा रहेको समेत उनले बताए।मुख्यमन्त्री यादवले वैशाख ४ मा चौथो पटक विश्वासको मत लिएदेखि नै आफुले मधेश प्रदेश सरकारको अर्थ मन्त्रालयको अडानमा रहेको र वन तथा वातावरण मन्त्रालय स्वीकार नगर्ने समेत बताए ।
“लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का नेता रमेशप्रसाद कुर्मीले वैशाख ४ मा नै सरकार छाडेपछि उनले सम्हालेको वन तथा वातावरण मन्त्रालय हाल मधेश प्रदेश सरकारका मुख्यमन्त्री यादवले सम्हाली रहेका छन्।हामी अर्थ मन्त्रालय पाउनु पर्ने अडानबाट पछि हटेका छैँनौ,अर्थ मन्त्रालय माओवादी केन्द्रले पाउँछ र अर्थ मन्त्रालय नपाउँदा सम्म म विना विभागीय मन्त्री नै बस्छु,मलाई वन तथा वातावरण मन्त्रालय स्वीकार छैन् ।”नेता साहले भने ।
वैशाख ६ मा तीन मन्त्री र एक राज्यमन्त्री नियुक्त गर्दा मुख्यमन्त्री यादवले (माओवादी केन्द्र)का साह र नेकपा(एकीकृत समाजवादी)की बेची लुंगेलीको मन्त्रालय तोकेका थिएनन् तर वैशाख १२ मा एकिकृत समाजवादीकी नेतृ लुंगेलीलाई श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री यादवले दिएका भएपनि साह अहिले पनि विना विभागीय मन्त्री नै रहेका छन् ।उनले अर्थ मन्त्रालय पाए मन्त्री बन्ने अनाथा अहिले विना विभागीय मन्त्री नै रहने अडान लिई रहेका छन्।हाल अर्थ मन्त्रालय जनता समाजवादी पार्टी(जसपा)का नेता सञ्जयकुमार यादवले सम्हाली रहेका छन् ।

सम्बन्धित समाचार