Close This

दुई अंशियारको हकदाबी जग्गा एउटै अंशियारको नाम दर्ता

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१०-२७ गते   ३२३ पटक हेरिएको

 सर्लाही सदरमुकाम मलंगवामा रहेको मालपोत कार्यालय भ्रटाचार गर्ने थलो बन्दै गएको छ । मालपोत कार्यालयका कार्यालय प्रमुख पनिलाल यादवलले पैसा घुस खाएर दुई अंशियार भएको करोडौँको जग्गा एकलौटी रुपमा एउटै अंशियारको नाममा दर्ता गरि दिएको  पिडितले आरोप लगाएका छन् । 
सर्लाहीको कबिलासी नगरपालिका स्थित सलेमपुरको करोडौँ रुपैयाँ बराबरको करिब एक बिग्गाा जग्गा दुई अंशियार मध्ये एउटै अंशियारको नाममा मालपोत कार्यालय मलंगवाका कार्यालय प्रमुख यादवलले पैसा खाएर दर्ता गरेको पिडित अंशियार राज किशोर यादवले आरोप लगाएका छन् ।
स्व. राम अश्रय राय र महेन्द्र रायको संयुक्त नाममा नापी भएको ऐलानी जग्गा बाँडेर दुई अंशियारको नाममा दर्ता हुनु पर्नेमा कार्यालय प्रमुख यादवले घुस रकम लिएर एउटाको मात्र नाममा दर्ता गरिदिएको आरोप पीडितले लगाएका हुन । आफुहरु दुवै जनाको नाममा जग्गा बाँडीनु पर्नेमा कार्यालय प्रमुख यादवले घुस रकम लिएर एकजनाको मात्र नाममा पारिदिएको भन्दै अजय कुमार यादवले यस्ता भ्रष्टाचार र नियम मिचेर काम गर्ने कार्यालय प्रमुखलाई कार्यवाही गर्न माग गरेका छन् ।
यता, कार्यालय प्रमुख यादवले अदालतको फैसला,चलान पुर्जी,फैसला र बण्डा मुचुल्काको आराधामा आफुहरुले एक अंशियारको नाममा दाखा गरेको साथै आफुहरुले कानुन अनुसार गरेको उहाँको भनाई छ । अंश भएको जग्गा किन दाखा गरेको भन्दै पीडितले आक्रोस व्यक्त गरेपछि आफुहरुले अदालतको आदेश ल्याउन र सोही अनुसार रोक्का गरि दिने बताएको उहाँको भनाई छ । 
अदालतको आदेश अनुसार यथाअवस्थामा राखेर जमिन रोक्का गरि अदालत र जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराएकोर अदालतका श्रेस्तेदारहरुले पनि कानुनी भएको बताएका कार्यालय प्रमुख यादवले बताउनु भयो । आफुले कुनै कसैबाट पैसा नखाएको बताउदै कानुन सम्ंवत मिल्ने काम मात्र गरिदिएको मालपोत कार्यालय मलंगवाका प्रमुख यादवले बताउनु भयो । 
 स्व.राम गोपाल राय र स्व. फुलकुमारीको संयुक्त नाममा रहेको जग्गा उनको जेठा छोरा स्व. माझी र कान्छा छोरा स्व.राम अश्रय रायको अंशियारको नाममा दर्ता हुनु पर्नेमा जग्गा एकलौटी रुपमा कान्छा छोराको अंशियारको नाममा दर्ता भएकोले विबाद उत्पन्न भएको हो । 
जग्गाको लालपुर्जा र नापी कार्यालयको फिल्ड बुकमा समेत जग्गा संयुक्त नाममा दर्ता रहेपनि आर्थिक चलखेल गरि दर्ता गरिएको भन्दै जग्गा फिर्ता हुनुपर्ने पिडित अंशियाहरुको माग छ । मालपोत कार्यालय सर्लाहीले करोडौँको घडेरी जग्गा एकलौटी रुपमा कान्छा छोराका अंशियार जगेन्द्र राय यादव,संजय राय यादव,राज नारायण राय यादव र राजकली देवीको नाममा दर्ता गरेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech