Close This

सर्लाहीका विभिन्न स्थानबाट गाँजा सहित ३ जना पक्रलाउ

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-९-४ गते   ५६७ पटक हेरिएको

सर्लाहीको लालबन्दी र इश्वरपुरबाट गरि करिब ५० किलो लागु औषध गाँजा सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । छुट्टा छुट्टै दुइ स्थानबाट  गरि ४६.७६ किलो लागु औषध गाँजा सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पूर्वपश्चिम लोकमार्गमा चेकजाँचको क्रममा लालबन्दी नगरपालिका ६ बाट ३६.२३ किलो ग्राम गाँजासहित दुईजना पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा सिन्धुलीको हरिहरपुरगडी गाउँपालिका– १ दापडाँडा बस्ने ३५ वर्षका शक्ति लामा र रौतहटको चन्द्रपुर– १ बस्ने ४२ वर्षका प्रेम यादव रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले  जनाएको छ । उनीहरूको साथबाट लागुऔषध गाँजालाई बा.८३प ८४७१ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको प्रहरीको भनाई छ ।
यस्तै ईश्वरपुर नगरपालिका– १२ पूर्व–पश्चिम लोकमार्गबाट १०.५ किलो लागुऔषध गाँजासहित एक युवक पक्राउ परेका छन् । सर्लाहीको बाँके चोकस्थित घारिबथानबाट महोत्तरीको बर्दिवासतर्फ साइकलमा जाँदै गरेको अवस्थामा जलेश्वर नगरपालिका– ७ बस्ने वर्ष ख्नादजी २० का रुपेश राय गाँजासहित पक्राउ परेका हुन् । 
पक्राउ परेका तीनैजना र तस्करीमा प्रयोग भएको सवारीसाधनसमेत नियन्त्रणमा लिएर घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मदन कुँवरले जनाकारी दिनु भयो । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech