सर्लाहीमा सवारी दुर्घटना न्यूनीकरण गर्न भन्दै ट्राफिक प्रहरीले सवारी चेकजाँचलाई कडाई गरेको छ।२० वटा पालिका रहेको सर्लाहीमा रहेका ११ वटै ट्राफिक प्रहरी युनिटहरुले सवारी दुर्घटना न्यूनीकरण गर्न भन्दै ट्राफिक प्रहरीले सवारी चेकजाँचलाई कडाई गरेका जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी निरिक्षक रजोश घिमिरेले बताए ।उनका अनुसार जिल्लाका विभिन्न स्थानमा विभिन्न समयमा ट्राफिक प्रहरीले सवारी चेकजाँच गरी रहेको र जसका कारण दुर्घटना न्युनिकरण गर्न ठूलो सहयोग पुग्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीले जनाएको छ ।
जिल्लाको पुर्व पश्चीम राजमार्गका साथै मधेशको लाईफ लाईन हुलाकी सडक खण्ड र अन्य भित्रि सडक खण्डहरुमा पनि ट्राफिक प्रहरीले सवारी चेकजाँचमा निकै कडाइ गरेको छ ।छिमेकी देश भारतसंग खुल्ला सिमा जोडिएको जिल्लाको दक्षिणी क्षेत्रमा समेत ट्राफिक प्रहरीले सवारी साधनहरुको चेकजाँचमा कडाई गरेको छ ।
हेल्मेट नलगाएका साथै आवश्यक कागजात समेत नबोकी सवारी चलाउने सवारी चालकहरुका साथैसवारी धनीहरुलाई सचेतना जगाउने र माद्यक पदार्थ तथा लागु पदार्थ सेवन गरेर सवारी चलाउनु हुन्न भन्ने सामान्य जानकारी समेत नभएका कतिपय मानिसहरुलाई यस प्रकारका सवारी चेकजाँचले सजग गराउने यातायात व्यावसायीहरु बताउँछन् ।
सवारी साधनहरु चेकजाँचको क्रममा नागरिकलाई सडक प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा,ट्राफिक नियमहरु,लेन अनुशासन,सवारीको गति,सिट क्षमता र हेलमेटको प्रयोग आदिको बारेमा जानकारी समेत गराउन पछिल्लो समय ट्राफिक प्रहरी सक्रिय देखिएको हो ।