सर्लाहीका नदीहरुमा राष्ट्रिय गौरबको आयोजनाको नाममा अवैध उत्खनन् तिब्र रुपमा भई रहेको छ।सर्लाहीको लालबन्दी नगरपालिकाले ठेक्का लगाएको कालिन्जोर र लखन्देही नदी र र बरहथवा नगरपालिकाले ठेक्का लगाएको बागमती नदीमा राष्ट्रिय गौरबको आयोजनाको नाममा मापदण्ड विपरीत नदीजन्य पदार्थ उत्खनन् भई रहेको भएपनि सरोकारवाला निकाय मौन देखिएका छन् ।
सर्लाहीको लालबन्दी नगरपालिकाको कालिन्जोर खोलाको भोर्लेनी नाका,रानिगञ्ज नाका,रेल्वे पुल नाका र जब्दी नाकाका साथै लखन्देही खोलाको बाहुने नाका,कोइरी टोल नाका,हिरापुर नाका,नवलपुर नाका,गणेश चोक नाका,मोहनपुर नाका र धङती टोला नाकाबाट नदीजन्य पदार्थ उत्खनन्,संकलन तथा बिक्रि वितरणका लागि भन्दै कातिकमा महोत्तरीको बर्दिवास नगरपालिका ८ स्थित रहेको आदित्य सोनु कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लिले ठेक्का पाएको छ ।
नगरपालिकाले असोज १ गते सूचना जारी गरि ठेक्का आव्हान गरेकोमा दुई वटा फर्मले ठेक्का खरिद गरेका भएपनि कालिन्जोर र लखन्देही दुवै खोलाको महोत्तरीको बर्दिवास नगरपालिका ८ स्थित रहेको आदित्य सोनु कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लिले पाएको छ।कालिन्जोर खोला एक करोड ११ लाख ९८ हजार एक सय ५२ रुपैँया ८० पैसा मुल्य अभिबृद्धि कर बाहेक बोल कबोल गरिएकोमा एक करोड २९ लाख ९८ हजार सात सय ६६ रुपैँया २९ पैसामा र लखन्देही खोला एक करोड १३ लाख ८९ हजार तीन सय १२ रुपैँया ८० पैसा मुल्य अभिबृद्धि कर बाहेक बोल बकोल रकम रहेकोमा एक करोड २८ लाख ७१ नौ सय ५५ रुपैँया ४३ पैसामा महोत्तरीको बर्दिवास नगरपालिका ८ स्थित रहेको आदित्य सोनु कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लिले ठेक्का पाएको लालबन्दी नगरपालिकाले जारी गरेको बोलपत्र स्वीकृती गर्ने आशयको सूचनमा उल्लेख गरिएको छ गत वर्ष कालिन्जोर खोला रु ३९ लाख ७८ हजार सात सय ३० मा र लखन्देही खोला करिब रु २० लाखमा ठेक्का लागेकामा यस वर्ष प्रति खोला रु एक करोड भन्दा बढी रकममा ठेक्का लागेको छ।
त्यस्तै,बरहथवा नगरपालिकाको बागमती नदी स्थित हजरियाको बागमती बजार घाटबाट नदीजन्य पदार्थको निकासी पैठारी,घाटगद्धी र बिक्रि वितरणका लागि सार्वजनिक खरिद उैन २०६३ को दफा २७ को उप दफा २ र ३ तथा सोही ऐनको दफा ४७ बमोजिम रु ७५ लाख २५ हजार पाँच सय एकमा काठमाण्डौँ महानगरपालिका ११ को मिथिला एण्ड जानकी कन्स्ट्रक्सन प्रा.लिले ठेक्का पाएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ रदफा ६२ का साथै नेपाल सरकारले जारी गरेको “ढुङ्गा,गिट्टी,बालुवा उत्खनन् तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७” र मधेश प्रदेशको आर्थिक ऐन २०८१ को दफा ८ मा निर्धारण गरिएको मापदण्ड अनुसार नदीजन्य पदार्थ आन्तरीक निकासी पैठारीका लागि ठेक्का लगाएकोमा राष्ट्रिय गौरवको योजना यसियन राजमार्ग निर्माणको बाहनामा नदीजन्य पदार्थको अवैध उत्खनन् तथा निकासी पैठारी भएको पाइएको हो ।
आन्तरीक राजश्वमा बृद्धि भएको भएपनि नियमनकारी निकायले ठेक्का लगाउने तर नियमति अनुगमन नगर्दा कालिन्जोर र लखन्देही खोलाबाट तोकिएको मापदण्ड भन्दा बढी सवारी साधनहरुको प्रयोग गरी“ढुङ्गा,गिट्टी,बालुवा उत्खनन् तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७”को पालना नगरी,नदीजन्य पदार्थ उत्खनन् स्थलमा सूचना बोर्ड नराखि,उत्खनन् स्थलको सिमांकन नगरि,मापदण्ड विपरित ठूला सवारी साधनहरु सञ्चालन गरि,दुरी सम्बन्धी मापदण्ड पालना नगरी,स्टोक गरिएको ठाउँबाट अन्यन्त्र(बाह्य)निकासी पैठारी गर्दा सम्बन्धीत स्थानीय तहलाई तिर्नुपर्ने कर नतिरेको साथै स्टोक स्थलको अनुमती नलिएको,विना नम्बर प्लेटका सवारी साधनहरु प्रयोग गरेको,अनलाईन भ्याट(मु.अ.क.)विल नकाटेको साथै वन क्षेत्रमा स्टोक गरिएको भएपनि सरोकारवाला र नियमनकारी निकाय लालबन्दी नगरपालिका,डिभिजन वन कार्यालय लालबन्दी,सर्लाही,जिल्ला प्रशासन कार्यालय सर्लाही र जिल्ला समन्वय समिति सर्लाही मौन देखिएका छन् ।जसका कारण अवैधरमापदण्ड विपरित उत्खनन् मात्रै नभई सरकारी राजश्वमा हानी नोक्सानी पुगेको जानकारहरु बताउँछन् ।
सर्वाेच्च अदालतले माघ ७ गते नेपाल सरकारको नाममा कानुन विपरीत खोला तथा नदीबाट भइरहेको रोडा,ढुङ्गाा,गिट्टी,बालुवा जस्ता नदीजन्य पदार्थको अवैध उत्खनन् तत्काल बन्द गर्न साथै उत्खनन् गर्ने कार्यलाई नियमित र पर्यावरणीय प्रभावलाई ध्यानमा राखेर गर्न भन्दै परमादेश जारी गरेको भएपनि ठेकेदारहरुले राजनीतिक दल तथा जनप्रतिनिधिहरुको आडमा राज्यले तोकेको मापदण्डलाई लत्याएर खुलेआम रुपमा नदीजन्य पदार्थको उत्खनन् तथा निकासी पैठारी गरि रहेका पाइएको हो ।
नदीको प्राकृतिक संरचना र पारिस्थितिकी प्रणालीलाई क्षति नपुगोस् भन्ने दृष्टिकोण राखेको हाल भई रहेको नदीजन्य पदार्थको उत्खनन्,निकासी र पैठारीलाई स्थलगत अवलोकन गरी तोकिएको मापदण्ड विपरित रहेको पाइएमा तत्काल रोक्न सर्वाेच्चले सरकारलाई आदेश गरेको भएपनि त्यसलाई वेवास्था गर्दै ठेकेदारहरु र स्थानीय जनप्रतिनिधिहरु आर्थिक प्रलोभनमा परेर काम निरन्तर भई रहेका पाइएको छ ।
यता,लालबन्दी नगरपालिका १७ स्थित रहेको एभरेष्ट सामुदायिक वन उपभोक्ता समुहको क्षेत्रमा घर भन्दा ठूलो स्टोक राखिएको भएपनि सरोकारवाला निकाय बेखबर देखिएका छन्।जिल्लाका नदीहरुबाट निकालिएको नदीजन्य पदार्थ स्थानीयस्तरमा भइरहेका विकास निर्माणदेखि राष्ट्रिय गौरवका आयोजनामा लाने भनिएको भए पनि नजिकै रहेका क्रसर उद्योग तथा स्टोरमा संकलन भए पश्चात बाहिर निर्यात हुने गरेको पाइएको छ।नदीजन्य पदार्थ उत्खनन् गरी ओसारपसार गर्ने टिपरका कारण पूर्वपश्चिम लोकमार्गका साथै शाखा सडकखण्ड भत्केर आवतजावत गर्न समेत समस्या भएको स्थानीयले बताएका छन् ।
नदीजन्य पदार्थ बोक्ने टिपरका कारण लालबन्दी र बरहथवा नगरपालिकाका विभिन्न सडक भत्केर हिँड्नै नसक्ने अवस्थामा पुगेका स्थानीय बताउँछन्।जिल्ला समन्वय समिति,सम्बन्धी पालिकाहरुका साथै जिल्ला प्रशासन काार्यलय सर्लाही र डिभिजन वन कार्यालय लालबन्दी,सर्लाहीले नदीजन्य पदार्थको उत्खनन् स्थलको स्थलगत अवलोकन नगरेका कारण अवैध नदी दोहनले तीव्रता पाएको उनीहरुको आरोप छ ।खोलाको बहाव जथाभावी हुने गरी असाध्यै लापरवाही ढंङ्ले उत्खनन् हुँदासमेत सम्बन्धित निकायले त्यसतर्फ ध्यान नदिएको र वातावरणीय प्रभाव मूल्यांकन(आईईई)विपरीत जथाभावी खोला “दोहन तथा उत्खनन्”हुँदा समेत सम्बन्धित निकायले वास्ता नगरेको यस क्षेत्रका स्थानीयले बताउँछन् ।

स्थानीय प्रहरीलाई जानकारी दिँदा पनि प्रहरीले कुनै वास्ता नगर्ने गरेको उनीहरुको भनाइ छ।स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार नदीजन्य पदार्थ उत्खनन्को जिम्मा पाएका स्थानीय तहले नै राजस्व संकलनलाई मात्रै मुख्य प्राथमिकता दिँदा ठेकेदारको मनोबल बढ्दै गएको हो।ठेकेदारले हालसम्म कति उत्खनन्,भण्डारण र बिक्रि वितरण गरे भन्ने सरोकारवाला कुनै पनि निकायसंग विवरण समेत छैन् ।