ललितपुर महानगरको प्रमुख प्रशासकीय अधिृकतमा भारती

गणेश खड्का    प्रकाशित: २०८०-४-८ गते   ३५५ पटक हेरिएको

ललितपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालको गृह मन्त्रालयमा सरुवा भएको छ । २०७७ चैत्र २५ गते ललितपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएर आएका अर्यालले दुई वर्ष भन्दा बढी महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका थिए । 

यस्तै पोखरा महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत रहेका विरेन्द्र देव भारतीको ललितपुर महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भएको छ । 

भारतीले उपसचिव हुदाँ ललितपुरकै गोदावरी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा काम गरिसकेका छन । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २६ जना सहसचिवको सरुवा गरेको विवरण आईतवार सार्वजर्निक गरेको हो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech