मधेशमा“घुमौँ मधेश,बुझौँ मधेश”अभियान सुरु,स्थानीय सरकारले चासो नदेखाएको स्थानीयको गुनासो

238 Shares

मधेश प्रदेशका धार्मिक तथा ऐतिहांसिक पर्यटकिय क्षेत्रहरुको प्रचार प्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटकहरु आकर्षण गर्न भन्दै नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेस प्रदेशले “घुमौँ मधेश,बुझौँ मधेश”अभियान सुरु गरेको छ।मधेश प्रदेशका ८ जिल्लाबाट हरेक जिल्लाका ५ वटा धार्मिक तथा ऐतिहांसिक पर्यटकिय क्षेत्रहरुको पहिचान र प्रचार प्रसार गरी मधेश प्रदेशलाई आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षणको केन्द्र बनाउँदै अर्थाैपार्जनमा सरकारलाई टेवा पुर्याउन अभियान सुरु गरिएको हो । 
नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेस प्रदेशको अगुवाईमा स्थानिय सरकार,पर्यटन व्यवसायीहरु र सरोकारवालाको सहकार्यमा मधेश प्रदेशमा धार्मिक तथा ऐतिहांसिक पर्यटकिय क्षेत्रहरु छन्।त्यहाँ जानु पर्छ भन्ने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षण गर्न अभियान सुरु गरिएको नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेस प्रदेशका महासचिव बैकुण्ठ सापकोटाले जानकारी दिए ।
मधेश प्रदेश सरकारले पनि भिजिट मधेश २०८२ मनाउँने तयारी गरि रहेको भएपनि नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेस प्रदेशले सुरु गरेको “घुमौँ मधेश,बुझौँ मधेश”अभियान सुरु गरि मधेश प्रदेशका हरेक जिल्लाहरुमा रहेका ५÷५ वटा धार्मिक तथा ऐतिहांसिक पर्यटकिय क्षेत्रहरुको पहिचान र प्रचार प्रसार गर्न सुरु गरेकोले मधेश प्रदेश सरकारले पनि सरोकारवाला सबैसंग सहकार्य गरेर अघि बढ्ने उद्योग,वाणिज्य तथा पर्यटन मन्त्रालय,मधेश प्रदेशका मन्त्री सकिल अलि मियाँले बताए ।
धार्मिक तथा ऐतिहांसिक पर्यटकिय क्षेत्रहरुको प्रचार प्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटकहरु आकर्षण गरी आन्तरिक तथा बाह्य पर्यटकहरुलाई नेपालका घुम्नै पर्ने ठाउँहरु मधेश प्रदेशका हरेक जिल्लामा छन् भन्ने जानकारी गराउन र अर्थाेपार्जनका लागि टेवा पुर्याउन “घुमौँ मधेश,बुझौँ मधेश”अभियान सुरुवात गरिएको नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेस प्रदेशका अध्यक्ष हिरालाल गौतमले बताए ।उनले आफुहरुले थालेको अभियानमा सहकार्य गर्न र आवश्य भौकित संरचना निर्माणमा सहयोग गर्न सरोकारवालासंग आग्रह गरे । 
मधेश प्रदेशका ८ जिल्लाबाट हरेक जिल्लाका ५ वटा धार्मिक तथा ऐतिहांसिक पर्यटकिय क्षेत्रहरुको प्रचार प्रसार गरी मधेश प्रदेशलाई आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षणको हब बनाउन सुरु गरिएको “घुमौँ मधेश,बुझौँ मधेश”अभियान अन्र्तगत मधेश प्रदेशका पर्यटकिय क्षेत्रहरुको पहिचान गर्न स्थलगत अवलोकन भ्रमण सुरु गरिएको छ।प्रचार प्रसारको अभावमा मधेश प्रदेशका विभिन्न जिल्लाहरुमा रहेका धार्मिक तथा ऐतिहांसिक पर्यटकिय स्थलहरु ओझेलमा पारेकाले प्रचार प्रसार मार्फत आन्तरिक तथा बाह्य पर्यटकहरुलाई जानकारी गराउन अभियानको सुरुवात गरिएको नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेस प्रदेशले जनाएको छ ।
महोतरीका केही धार्मिक तथा पर्यटकिय क्षेत्रहरुको स्थलगत अवलोकन पछि भएको अन्र्तक्रिया कार्यक्रममा सहभागीहरुले नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेस प्रदेशले थालेको अभिायनमा स्थानीय सरकारले चासो नदेखाएको गुनासो गरे ।

सम्बन्धित समाचार