करिब ४ लाखको कपडा सशस्त्रको यिन्त्रणमा

140 Shares

सर्लाहीको ब्रम्हपुरी गाउँपालिका–४ स्थित झिमपुल नजिकैबाट सशस्त्र प्रहरीले भन्सार छली लुकाई छिपाई भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको अवस्थामा ठूलो मात्रामा कपडा बरामद गरेको छ ।ब्रम्हपुरी गाउँपालिका–४ स्थित झिमपुलको बाँधबाट भारतबाट भन्सार छली लुकाई छिपाई नेपाल तर्फ ल्याउँदै गरेको अवस्थामा विभिन्न किसिमका अन्दाजी रु चार लाख बराबरको कपडा बरामद् गरिएको सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म मलंगवाका गुल्मपति एवम सशस्त्र प्रहरी नायव उपरिक्षक विष्णु अधिकारीले जानकारी दिए ।
उनका अनुसार सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्मबाट एम्बुस गस्तीमा खटिएको सशस्त्र प्रहरी टोलीले भारतबाट अबैध रुपमा भन्सार छली नेपाल तर्फ लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा बरामद् गरिएको हो ।सशस्त्र प्रहरी बल नेपालको टोलीलाई देखेपछि टाउँकोमा कपडा बोकेर आएका मानिसहरु कपडा छाडी भागेका सशस्त्र प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार