Close This

नेकपाका संस्थापक पुष्पलालको सालीक पुर्व प्रधानमन्त्री नेपालद्धारा अनवरण

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-७-१० गते   ९३ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिका १५ र १६ मा नेपाल कम्युुनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको सालीक अनावरण गरिएको छ ।  नेपाल कम्युष्टि पार्टी(एकिकृत समाजवादी)का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले आज(बुधबार) एक कार्यक्रमका वीच श्रेष्ठको सालिक अनवरण गर्नु भएको हो ।
विभिन्न कार्यक्रमका लागि सर्लाही आउनु भएका पुर्व प्रधानमन्त्री तथा नेकपा(एकिकृत समाजवादी)का अध्यक्ष नेपालले प्रदेश सभा सदस्य बेची लुंगेलीको क्षेत्र विकास कोषको रु करिब १ करोडको लागतमा निर्माण भएको पुष्पलालको सालीक अनावरण गर्नु भएको नेकपा(एकिकृत समाजवादी) सर्लाहीका नेता चुडामणी वाग्लेले जानकारी दिनु भयो ।
प्रदेश सभा सदस्य बेची लुंगेलीकोको क्षेत्र विकास कोषको रु करिब १ करोडको लागतमा पुष्पलालको सालीक तथा सो क्षेत्रमा घेरावेरा र लालबन्दी नगरपालिका १६ वडा कार्यालयको सहयोगमा  खानेपानी ट्यांकी व्यावस्थापनको कामा भई रहेको छ ।
पुर्व प्रधानमन्त्री तथा नेकपा(एकिकृत समाजवादी)का अध्यक्ष नेपालले यस अघि लालबन्दी नगरपालिका ५ मा निर्माण भएको महिला भवनको उद्धघाटन गर्नु भएको थियो । जिल्लाका विभिन्न कार्यक्रमलाई सम्बोधन गर्नु आउनु भएका उहाँले हिजो(मंगलबार) हरिवन नगरपालिका ५ को वडा कार्यालयको उद्धघाटन गर्नु भएको थियो भने जिल्लाका पार्टीका नेताहरुसंग देशको पछिल्लोराजनैतिक अवस्थाको वारेमा समेत छलफल गर्नु भएको नेकपा(एकिकृत समाजवादी) सर्लाहीका अध्यक्ष सुरेन्द्र लामाले जानकारी दिनु भयो । वाक्लो सुरक्षा घेराका वीच जिल्लाको कार्यक्रममा रहनु भएका नेता नेपालले अव नेपाली जनताले कामको आधारमा मात्र विश्वास गर्ने बताउनु भयोे । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech