एमालेको आक्रमणबाट माओवादी केन्द्रका आधा दर्जन नेता कार्यकर्ताहरु घाइते

2.6k Shares

सर्लाहीको बागमती नगरपालिका १२ मा नेकपा एमालेका कार्यकर्ताहरुको आक्रमणबाट नेकपा (माओवादी केन्द्र)का आधा दर्जन नेता कार्यकर्ताहरु घाइते भएका छन् ।
एमाले कार्यकर्ताहरुको आक्रमणमा आफ्ना आधा दर्जन भन्दा बढी नेता तथा कार्यकर्ताहरु घाइते भएका नेकपा(माओवादी केन्द्र) जिल्ला समन्वय समिति सर्लाहीका संयोजक रमेश बुढाथोकी(कमल)ले जानकारी दिनु भयो । उहाँका अनुसार आफ्ना नेता कार्यकर्ताहरु घाईते भएपछि पार्टीको भातृ संगठन र कार्यकर्ताहरुले बागमति नगरपालिका ११  पुतलीचोक स्थित पूर्व–पश्चिम लोकमार्गमा टायर बालेर नाराबाजी सहित चक्काजाम गरेका थिए । करिब दुई घण्टादेखि पूर्व–पश्चिम लोकमार्गमा टायर वालेर प्रदर्शन गरेका माओवादी केन्द्रका नेता कार्यकर्ताहरुले प्रहरीको आग्रहमा लोकमार्ग सुचारु  हुन दिएका छन् ।
एमालेको आक्रमणबाट आफ्ना आधा दर्जन बढी कार्यकर्ता घाईते भएका माओवादी केन्द्रले जनाएको छ । आफ्ना गम्भीर घाईते दुईजना कार्यकर्तालाई उपचारका लागि काठमाडौं पठाईएको छ भने अन्य नेता तथा कार्यकर्ताहरुको स्थानिय स्वास्थ्य संस्थाहरुमा उपचार भई रहेको छ ।
बागमती नगरपालिका १२, का  बर्ष २७ का अमन लामा र सोही स्थानका अन्दाजी ३४ बर्षका सानु मगरलाई उपचारका लागि काठमाडौं पठाईएको माओवादी केन्द्रको तर्फबाट बागमती नगरपालिकाका नगर प्रमुख पदका उम्मेदवार एवम निवर्तमान नगर प्रमुख भरत थापाले कमलामाई मिडिया प्रा.लिलाई जानकारी दिनु भयो ।
यता माओवादी केन्द्रका कार्यकर्ताको आक्रमणबाट आफ्ना एक दर्जन बढी कार्यकर्ता घाईते भएका एमाले मधेश प्रदेशका उपा अध्यक्ष रेवती पन्तले बताउनु भयो । प्रहरीले भने मतदान स्थल बाहिर झडप भएको र घाईतेहरुको आधिकारिक विवरण एकिन भईनसकेको जनाएको छ । तर एमाले नेताहरुले चुनावी सभालाई सम्बोधन गर्ने क्रममा सुनामी ल्याउने अभिव्यक्ति समेत दिएका र उनिहरुले नै योजना बनाएर आफ्ना नेता कार्यकर्ताहरुमाथी आक्रमण गरेका माओवादी केन्द्र सर्लाहीले जनाएको छ । 

सम्बन्धित समाचार