पहाडीद्वारा फिक्कल महोत्वसब उद्घाटन

2k Shares

 जिल्लाको फिक्कल गाउँपालिका ४ खाङसाङ्गमा शुक्रबारबाट दोस्रो फिक्कल महोत्वसब सुरु भएको छ ।

फिक्कल गाउँपालिकाले प्रसारप्रचार गर्ने उदेश्यले नेपाल भ्रमण बर्ष २०२० को अवसर पारेर “सडक शिक्षा, बिजुली फिक्कलको पुर्वधार, कृषि पर्यटन जडिबुटी र जंगल समृद्धिको आधार” भन्ने मुल नाराका साथ संचालन भएको दोस्रो फिक्कल महोत्वसबको उद्घाटन सिन्धुली क्षेत्र न.ं १ प्रतिनिधी सभा सदस्य गणेश कुमार पहाडीले गर्नुभएको हो ।

प्रतिनिधी सभा सदस्य पहाडीले महोत्वसब उद्घाटन गर्दै, पर्यटन र कृषिको माध्यम बाट मात्रै देशको समृद्ध हुने बताउनु भएको छ । सिन्धुलीमा पनि फिक्कल छ, भनेर चिनाउनका साथै नेपाल भ्रमण बर्षको अवसर पारेरे कृषि र पर्यटकीय स्थलहरुको प्रचार प्रसार गरेर औद्योगीक लगानी भित्र ल्याउको लागि गाउँपालिकाले महोत्वसको आयोजना गरेकोमा धन्यवाद ब्यक्त गर्नु भएको थियो।


नेपालमा असङख्य मात्रामा हिमश्रृंखला गुफा , गुम्बा हाम्रो देशमा अन्य क्षेत्रको भन्दा पनि पर्यटन बिकासको सम्भावना भएको छ । त्यसैले यी नै प्राकृतीक मनोरम दृष्य हेर्नको लागी पर्यटन क्षेत्रको रुपमा बिकास गरेर समृद्ध फिक्कल निमार्ण गर्न सकिन्छ । सिन्धुली बाट देखिने दृष्य अवलोकनको लागि पर्यटकको आगमन बढ्नुका साथै गाउँगाउमा रोजगारीका अवसर सिर्जना हुन्छ , जनताको आदानीका स्रोतहरु बढ्छन र पर्यटनको माध्यम बाट मात्रै देशको समृद्धि हुन्छ । उहाँले भन्नुभयो , “यो समृद्धिको यात्रा अव हामीले सिन्धुलीको फिक्कल बाट सुरु गर्नु पर्छ । सिन्धुलीको पर्यटन बिकास गर्नु पर्दछ ।”

महोत्वसबमा कृषी, पर्यटन , यन्त्रीकरण सुचनाप्रबिधी र शैक्षिक जानकारीका स्टलहरु रहेका छन । त्यसैगरी पालिका भित्रका बिद्यालयका बिद्याथीहरुको गायन तथा नृत्य प्रतियोगीतका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय ख्याती प्राप्त कलाकारहरुको बेजोड सांस्कृतीक प्रस्तुती,जलयात्रा र प्याराग्लाइडिङ्ग महोत्वकुवा समेत रहेको छ ।
कार्यक्रममा बाग्मती प्रदेश सभाका सदस्यहरु लेखनाथ दाहाल, प्रदिप कटुवाल, बिनोद कुमार खड्का र नेकपा केन्द्रीय सदस्य उमादेवी कोइराला लगाएतले शुभकामना मन्तव्य ब्यक्त गर्नु भएको थियो । गाउँपालिका अध्यक्ष धनबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रमको संञ्चालन प्रवक्ता राजु बरालले गर्नुभएको थियो भने, स्वागत पालिका उपाध्यक्ष पार्वती सुनुवारले गर्नु भएको थियो ।


शुक्रबारबाट सुरुभएको महोत्वसब फागुन १८ गते सम्म संचालन हुने आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार