जन्मदिनमा केसी दम्पत्तिद्वारा वृद्धाश्रमलाई खाद्यान्न सहयोग

2.4k Shares

सर्लाहीको लालबन्दी नगरपालिका २ मा रहेको पद्म–भुवनेश्वरी नमुना वृद्धा सेवाश्रमका बृद्धबृद्धाहरुलाई खाद्यान्न सहयोग प्राप्त भएको छ ।

ईश्वरपुर नगरपालिका–६, का एक दम्पत्तिले आफ्नो जन्मदिनको अवसरमा वृद्धाश्रममा रहेका बृद्धबृद्धाहरुलाई खाद्यान्न सहयोग गरेका हुन् ।
ईश्वरपुर नगरपालिका–६, निवासी समिर केसी र उनकी पत्नी अर्चना भुर्तेल (केसी)ले वृद्धा सेवाश्रमलाई २ क्युन्टल चामल र ५० किलो दाल सहयोग गरेका हुन ।
श्रीमानको सोमवार र श्रीमतीको मंगलवार परेको जन्म दिनको अवसर पारी केसी दम्पत्तिले खाद्यान्न सहयोग गरेका आश्रमकी व्यवस्थापक भवानी कोइरालाले जानकारी दिनु भयो । वृद्धा सेवाश्रमलाई सहयोग गर्ने केसी दम्पतीलाई व्यावस्थापक कोईरालाले धन्यवाद समेत दिनु भएको छ ।

सम्बन्धित समाचार