Close This

अघोषित लोडसेडिङ अन्त्यको माग गर्दै जिल्लाबासीद्धारा विधुत प्राधिकरण मलंगवा घेराउ

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-२-२३ गते   ३४५ पटक हेरिएको

सर्लाहीबासी  अघोषित लोडसेडिङको मारमा परेका छन् । बिना जानकारी जुनसुकै समयमा नेपाल विद्युत प्राधिकारणले पटक पटक लाइन काट्ने गरेका कारण जिल्लाबासी मारमा परेका हुन ।
पटक पटक लाइन काट्ने गरेपछि विधुत प्राधिकरणको गैर जिम्मेवारीपुर्ण रवैया प्रति आक्रोशित बन्दै जिल्ला सदरमुकाम मलंगवामा सर्वसाधारणले प्रदर्शन गरेका  छन् ।प्रदर्शनको क्रममा उनीहरूले विद्युत प्राधिकरण वितरण केन्द्र मलंगवाका कार्यालय प्रमुख बिनोद यादवसँग अघोषित लोडसेडिङका कारण अस्तव्यस्त बनेको जनजीवन तथा  नराम्ररी प्रभावित बनेका,उद्योग, व्यापार व्यवसाय लगायतका क्षेत्रको बारेमा ध्यानाकर्षण गराएका छन् ।
हावाहुरीबाट तार÷पोलमा कहीं टूटफुट भएको समयमा अथवा कहीँकतै बिजुलीको मर्मत गर्नका लागी बिजुली काटनु परेमा ग्राहकहरुलाई अगाड़ीनै विभिन्न सञ्चार  माध्यामबाट जानकारी गराउनुको साथै बिजुली सम्बन्धी वर्तमान समस्याहरू समाधान नभएसम्म वैकल्पीक व्यावस्था गर्न पनि उनिहरुले माग गरेका छन् ।
उनिहरुले जिल्लाबासीको समस्यालाई प्रत्यक्ष अनुभूति गर्नका लागी बिधुत प्राधिकरणका सम्पूर्ण कर्मचारीहरूको निजी निवासमा जेनेरेटर,इन्भर्टर र ए.सी नचलाउने लगायतका लिखित सहमति भएको आन्दोलनरत शमिमबाबु खानले जानकारी दिनु भयो ।कार्यालय प्रमुख यादवले जेठ २६ गते बुधबारसम्म सम्पूर्ण समस्याहरुको समाधान गरि बिना अवरुद्ध लाइन संचालन गर्ने लिखित सहमति गरि प्रतिवद्धता व्यक्त गर्नु भएको उहाँले बताउनु भयो । 
अत्यन्तै न्युन भोल्टेजले गर्दा पनि  सर्वसाधारण सास्ती खेप्न बाध्य भएका छन् । अघोषित लोडसेडिङकै कारण विद्युतसँग सम्बन्धित काम गर्नेहरुको रोजिरोटी समेत गुम्दै गएको छ । दिनहुँको अघोषित लोडसेडिङले जिल्लाबासीहरुलाई हैरान बनाएको छ । ‘दिनभरि कतिबेला लाइन आउँछ, कतिबेला जान्छ पत्तो हुँदैन । जतिबेला पनि झ्याप्प, झ्याप्प लाईन कट्छ । लाइन आएपनि भोल्टेज नै आउँदैन । लाइन छिन् छिनमा गइरहन्छ । ’ भन्दै जिल्लाबासीले गुनासो गरेका छन्् । प्राधिकरणको शुल्क नियमित बुझाउँदै आएकाले आफूहरुले सोही अनुसारको सेवा पाउनुपर्ने उपभोक्ताहरुले माग गरेका छन्  । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech