लालबन्दी नगरपालिकाकाे लागि नेपाली कांग्रेसकाे तर्फबाट नगर प्रमुख पदका उम्मेदवारकाे उम्मेदवारी कायमै रहेकाे छ ।
नेपाली कांग्रेस केन्द्रीय समितिले जिल्ला तथा प्रदेश समितिसंग कुनै सल्लाह नगरी अचानक नगर प्रमुख पदका उम्मेदवार बासुदेव अधिकारीकाे उम्मेदवारी फिर्ता गर्न परिपत्र नगरेकाे भए पनि निर्वाचन अधिकृतकाे कार्यालय लालबन्दीले अन्तिम नामावली प्रकाशन पछि समय गुजारेर आएकाे साे परिपत्र तथ्यहिन भएको भन्दै अधिकारीकाे उम्मेदवारी कायमै रहेकाे जनाएको छ ।
निर्धारित समयभन्दा पछि,सम्बाेधन समेत नमिलेकाे परिपत्रमाथी कुनै कार्य गर्न सक्ने अवस्था नरहेकाे भन्दै कांग्रेसकाे तर्फबाट नगर प्रमुख पदका उम्मेदवार अधिकारीकाे उम्मेदवारी कायमै रहेकाे निर्वाचन अधिकृत विनाेदलाल श्रेष्ठले बताउनु भयाे ।
केन्द्रले आफुखुसी जिल्ला तथा प्रदेश समितिसंग सल्लाह तथा समन्वय नगरि गरेकाे निर्णय नमान्ने,कसैकाे दवावमा नपर्ने,मनपरी निर्णय नमान्ने लगायतका नारा लगाउदै निर्वाचन अधिकृतकाे कार्यालय लालबन्दी अगाडि कांग्रेसका नेता कार्यकर्ताहरु र उम्मेदवारहरुले चर्काे नारावाजी गरेपछि निर्वाचन अधिकृत श्रेष्ठले अन्तिम नामावली प्रकाशनकाे समय गुजारेर आएकाे परिपत्र अमान्य हुने र नगर प्रमुख पदका उम्मेदवार अधिकारीकाे उम्मेदवारी कायमै रहेकाे बताए पछि कांग्रेसका नेता तथा कार्यकर्ताहरु र उम्मेदवारहरु फिर्ता भएका विपि काेईराला युवा नेतृत्व विकास मञ्च सर्लाहीका अध्यक्ष तथा विद्यार्थी नेता ठाकुर प्रसाद बख्रेल(मनाेज) ले जानकारी दिनुभयाे । उहाँका अनुसार अचानक उम्मेदवारी फिर्ता लिन परिपत्र आएपछि कांग्रेस सर्लाहीका नेता कार्यकर्ता र उम्मेदवारहरु आश्चर्यचकित परेका थिए ।
आक्राेसित भएका नेता कार्यकर्ता र उम्मेदवारहरुले निर्धारित समय भन्दा पछि आएकाे निर्णय नमान्ने, गठबन्धन मान्दैनौं,गलत निर्णय नमान्ने,बासु अधिकारी जिन्दावाद,शेरबहादुर देउवा मुर्दावाद लगायतका नारावाजी गरेका थिए । सयाैँकाे संख्यामा उपस्थित भएका कांग्रेसका नेता तथा कार्यकर्ताहरुले निर्वाचन अधिकृतकाे कार्यालय लालबन्दी अगाडि गेटमा नारावाजी गरेका नेपाली कांग्रेस लालबन्दी नगर सभापति प्रसान्त आचार्यल बताउनु भयाे । जिल्ला समिति र प्रदेश समितिसंग सल्लाह नगरी गरिएको निर्णय आफुहरुलाइ अमान्य हुने भएकोले कांग्रेस जाेगाउन नारावाजी गर्नु परेकाे सभापति आचार्यले बताउनु भयाे । अन्तत नेपाली कांग्रेस,नेकपा( एमाले) एक्ला एक्लै चुनाव लड्ने भए भने नेकपा( माओवादी केन्द्र) र एकीकृत समाजवादी मात्रै तालमेलेमा गएका छन् ।