सर्लाहीको लालबन्दी नगरपालिका १ र हरिवन नगरपालिका ४ काे सिमा स्थित लखन्देही नदीकाे पुलमा मंगलबार दिउँसो करिब ५ बजेकाे समयमा पश्चिमबाट पुर्व तर्फ आउदै गरेकाे भारतिय नम्बरकाे माेटरसाईकल सहित दुई जनालाई ईलाका प्रहरी कार्यालय नवलपुरकाे टाेलीले प्रतिवन्धित लागू औषध गाँजा सहित नियन्त्रणमा लिएको छ ।
लालबन्दी नगरपालिका १ र हरिवन नगरपालिका ४ स्थित लखन्देही नदीकाे पुलमा बिआर ३० एजी १६४४ नम्बरकाे भारतिय माेटरसाईकलमा विचमा राखेर प्रतिवन्धित लागू औषध गाँजा ल्याउँदै गरेकाे अवस्थामा शंकालागी पछ्याउने क्रममा उनीहरुलाई नियन्त्रणमा लिईएकाे ईलाका प्रहरी कार्यालय नवलपुरले जनाएकाे छ ।
नियन्त्रणमा लिईएका मानिस र प्रतिवन्धित लागू औषध गाँजा ईलाका प्रहरी कार्यालय नवलपुरमा राखेर अनुसन्धान सुरु भएको र नियन्त्रणमा रहेका मानिसहरुका साथै प्रतिवन्धित लागू औषध गाँजाकाे विवरण खुलाउने काम भई रहेकाे प्रहरीले जनाएको छ ।