नारायण बहुमुखी क्याम्पसका कम्प्युटर चोरी

195 Shares

सर्लाहीको ईश्वरपुर नगरपालिका ६ बयलवास स्थित रहेको नारायण बहुमुखी क्याम्पसबाट कम्प्युटर चोरी भएको छ ।क्याम्पसमा रहेका ११ थान मोनिटर,पाँच थान सिपियू र सिसीटिभी क्यामेरा चोरी भएका क्याम्पस प्रमुख बाबुराम बरालले जानकारी दिए।उनका अनुसार सामेबार बिहान क्याम्पस सञ्चालनका लागि ढोका खोल्दा चोरी भएको थाहा भएको हो ।
क्याम्पसको ढोका फोडेर सुरुमा सिसीक्यामेराको लाइन काटेर चोरी भएको पाइएको क्याम्पस प्रशासनले जनाएको छ । चोरको समूहले क्याम्पसमा विद्यार्थीहरुले अनुसन्धान गरेर बुझाएको विभिन्न वर्षको थेसिससमेत नष्ट गरेको क्याम्पसले जनाएको छ । 

सम्बन्धित समाचार