एमाले सर्लाहीले कार्यकर्ताहरुलाई विभेद गरेको आरोप

3.4k Shares

नेकपा एमाले सर्लाहीले संगठित सदस्यता वितरण पारर्दषी नगरेको भन्दै गुनासो आएको छ । पार्टी जीवनमा अहोरात्र लागि पर्ने, पार्टीका सम्र्पूण गतिविधिमा सक्रिय भूमिका देखाउने विभिन्न जनवर्गिय संगठनको केन्द्रीय कमिटी र जिल्ला कमिटीमा रहेको सक्रिय कार्यकर्तालाई पार्टी नेतृत्व पंक्तिले संगठित सदस्यबाटै बञ्चित गराएको गुनासो आएको हो । 
एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियू सर्लाहीका अध्यक्ष प्रज्वल ढुंगानाको नेतृत्वमा आइतबार यिनै गुनासो सहित पार्टी जीवनमा सक्रिय सदस्यहरुलाई संगठित सदस्यता प्रदान गर्न माग गर्दै एमाले मधेस प्रदेशका उपाध्यक्ष रेवती पन्तमार्फत ध्यानाकर्षण पत्र बुझाएको हो ।
पार्टीमा अहोरात्र खटिने अधिकांश नेता कार्यकर्ता जिल्ला अधिवेशनबाट बन्चित हुने र पार्टी पनि कमजोर हुने ठानेर पार्टी पंक्तीलाई सचेत गराइएको अनेरास्वविय सर्लाहीका अध्यक्ष ढुंगानाले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार