रेडक्रसको एम्बुलेन्सबाट ५१ किलो बढी गाँजा बरामद

222 Shares

सर्लाहीको हरिवन नगरपालिका ५ घुर्कौलीस्थित हिरालाल टोलबाट एम्बुलेन्समा लुकाई छिपाई लैजाँदै गरेको अवस्थामा अन्दाजी ५१ किलो लागु औषध गाँजा प्रहरीले नियन्त्रणमा लिएको छ ।नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको ज १ च १५५८ नम्बरको एम्बुलेन्समा लोड गरी लागुऔषध गाँजा लुकाई छिपाई लैजाँदै गरेको विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरी टोलीले ५१ किलो पाँच सय ग्राम लागु औषध गाँजा सहित एम्बुलेन्स चालक रौतहटको यमुनामाई गाउँपालिका ४ सरुअठाका अन्दाजी वर्ष ३७ का सुरेन्द्र राय यादवलाई नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।सिन्धुली र मकवापुरका साथै सर्लाहीको चुरेक्षेत्रमा उत्पादन हुने प्रतिवन्धित लागु औषध गाँजा पछिल्लो समय मोटरसाईकलको अलावा एम्बुलेन्स र पिकअप भेनमा राखेर ओसार पसार हुने गरेको सूचनाको आधारमा प्रहरीले आफ्नो गस्तीलाई थप बढाएपछि नियन्त्रणमा लिने क्रम बढेको छ ।

WhatsApp-Image-2025-12-07-at-7.50.19-AM.webp
केही समय पहिला सोही क्षेत्रबाट एम्बुलेन्समा गाँजा ओसार पसार हुने गरेको सूचना पाएपछि ईलाका प्रहरी कार्यालय हरिवनका तत्कालीन प्रमुख प्रहरी निरीक्षक अनिल गिरीलाई जानकारी गराउँदा उनले उल्टै सूचना दिने मानिसलाई गाँजा तस्कर भन्दै नियन्त्रणमा लिएका थिए।त्यसपछि सो क्षेत्रबाट प्रहरीको मिलेमतोमा गाँजा तस्करी हुने गरेको स्थानीयले आरोप लगाउने गरेका थिए।अहिले ईलाका प्रहरी कार्यालय हरिवनमा नयाँ प्रहरी प्रमुख एवम प्रहरी निरीक्षक चन्द्रकान्त अधिकारी आएर एम्बुलेन्स सहित गाँजा नियन्त्रणमा लिएपछि एम्बुलेन्समा गाँजा ओसार पसार हुने गरेको रहस्य प्रष्ट भएको हो ।

सम्बन्धित समाचार