लाईफ इन्सोरेन्स कर्पाेरेशन नेपाल(एस.आई.सी.)नेपाल लि.ले २०८० असोज १२ गते एक बनावटी सूचना जारी गरेको रहस्य बाहिरिएको छ ।लाईफ इन्सोरेन्स कर्पाेरेशन नेपाल(एस.आई.सी.)नेपाल लि.ले २०८० असोज १२ गते एक बनावटी सूचना जारी गरेको साविक अभिकर्ता सतेन्द्र पाण्डेले सार्वजनिक गरे पछि बनावटी सूचना जारी गरेको रहस्य बाहिरिएको हो । उनले कम्पनीका केहि उच्च पदाधिकारीहरुले योजना बनाएर बनावटी सूचना जारी गरेका दाबी गरे ।
उनले भने त्यो सूचना बनावटी सूचना हो प्रमाण पेश गर्नु पर्ने आफु जहाँ र जतिवेला पनि प्रमाण पेश गर्न तयार रहेको समेत पाण्डेले बताए ।उनले कम्पनीका केही कर्माचारीहरु धमिरा जस्तै रहेका र उनीहरुको विरुद्ध खुल्ला रुपले चुनौती दिन आफु तयार रहेको समेत बताएका छन् ।नियम कानुन, निर्देशिका बमोजिम नेपालमा दर्ता भएका स–शर्त पालना गर्ने÷गराउने अनुसार जवाफ दिन मिडियालाई साक्षी राखी वा लिखित रुपमा हरेक प्रश्नको स–प्रमाण जवाफ दिन आफु आतुर रहेको र केहि उच्चपदस्थ धमिरा कर्मचारीहरुलाई आफ्नो गलत मनसाय त्यागी खुल्ला रुपले चुनौती स्वीकार्न तयार हरन पनि उनले आग्रह गरेका छन् ।
केहि उच्च पदाधिकारीलाई बिमा लेख जारी गर्न चाहिने कागजात,प्रक्रिया,ऋण थप ऋणको प्रक्रिया,ऋण दिने लिने र कुन उद्धेश्यले खर्च कसको सहमतिमा हुने,एजेन्टहरु र बिमाधारीहरुले लिएका ऋणको चेक कम्पनिको नाममा बनाउने छुट कुन नियम,निर्देशिका,दफा उपदफा मा छ ? एजेन्ट र बिमाधारीले जम्मा गरेको रकम,चेक,ऋण,थप ऋण चलाउने,सहमति नलिए कुन निकायले छुट दिएको छ ?१ हजार भन्दा बढी बिमा लेख नस्ट गराउने छुट कुन निकायले दियो ?दर्जन भन्दा बढी ऋण थप ऋण कसरी निकालियो यस्ता गम्भीर गल्ती कसरी ३ वर्ष सम्म पत्ता लगाउन र जानकारी लिन सक्नु भएँन ?हरेक महिना र ३ महिनाको रिपोर्टमा किन तलबी कर्मचारीहरुलाई जानकारी गराइएन् ?
३ बर्ष बितिसक्दा पनि किन समस्या पक्ता लागेन ?१ सय बढी बिमालेख हुलाक टिकटको कारण ३ बर्ष बिति सक्दा पनि कुन निकायको निर्देशनमा न दिएकोे र सो को जानकारी किन तलबी कर्मचारीले हाल सम्म गराएनन् ?उहाँहरुको जिम्मेवारी र अधिकार के हो ?त्यति सम्मको जानकारी नभएको केहि उच्च पदाधिकारीहरुलाई अरुको प्रतिष्ठा र इज्जतसंग खेल्ने छुट कुन निकायले दियो ?२ महिना बढी लगाएर ५ पटक भन्दा बढी २÷३ रात बस्ने गरी र विविध खर्चमा रमाउने छुट कसले दियो ?२ महिना बढी हुदा पनि किन १ पटक पनि फोनमा बोल्ने मौका दिइएन ? भन्दै उनले प्रश्न गरेका छन् ।
उनले २ महिना भन्दा बढी हुदा किन प्रतिबेदन लुकाइयो ? आफुले उल्लेख गरेका कुरा १००% कम्पनी कै कर्माचारीहरुले पुष्टि गर्न सक्ने जसमा कम्पनीका ५ जना शाखा प्रमुख र कम्पनीका प्रदेश प्रमुख सहित ११ जानको रोहबरमा जनकपुरधाममा कम्पनिको प्रदेश कार्यालय र शाखा कार्यलयमा पुष्टि भईसकेको कुरा जानकारी गराएका छन । कम्पनिले ठगि गरेको प्रमाण आफुसंग भएको र गल्ति सुधार गर्नुको सट्टा गल्ति लुकाउन झुठो प्रेस विज्ञप्ती निकालिएको पाण्डेले बताए ।
उनले केही नम्बरहरु समेत राखेर विस्तृत विवरण बुझ्न सकिने बताएका छन् ।घटनालाई समयमा समाधान नगरी व्यक्तिगत लाभ लिने हिसाबले केहि उच्च पदाधिकारी लागिपरेको र योजना नै बनाएर काम्पनीकै ईजाजत पत्र खारेज गराउने खेल खेली रहेकाले उनको आरोप छ ।यसबाट लाईफ इन्सोरेन्स कर्पाेरेशन नेपाल(एस.आई.सी.)नेपाल लि.ले विभिन्न समयमा बनावटी सुचनाहरु जारी गरेर कर्माचारीहरुलाई अनावश्यक दुःख दिने गरेका समेत प्रसट हुन्छ ।