राप्रपा मोरङ ५ को खमा थापा मगर निर्वाचित

539 Shares

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) मोरङ निर्वाचन क्षेत्र नम्बर ५ को प्रदेश सभा ख को अधिवेशनबाट प्रविन थापा मगर अध्यक्षमा निर्वाचित भएका छन्।राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) मोरङ निर्वाचन क्षेत्र नम्बर ५ को प्रदेश सभा ख को शुक्रबार भएको अधिवेशनमा थापा मगर सहित राजेश बाँनिया क्षेत्री अध्यक्षका लागि चुनावी मैदानमा होमिएका थिए ।
कुल मतदाता ५७ जना रहेकामा ३१ जनाले मतदान गर्दा बाँनियाले आठ मत पाएका थिए भने २३ मत सहित थापा मगर अध्यक्षतमा निर्वाचित भएका राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) मोरङ निर्वाचन समिति सदस्य एवम राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) मोरङ जिल्ला समिति सदस्य शोभा प्याकुरेलले जानकारी दिईन् ।
उनका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)केन्द्रीय महामन्त्री प्रल्हाद साहको प्रमुख आतिथ्यतामा भएको प्रादेशिका अधिवेशनको राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) मोरङ क्षेत्र नम्बर ५ का क्षेत्रिय संयोजक विनय श्रेष्ठले अध्यक्षता गरेका थिए।कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का केन्द्रीय सदस्य विश्व मोहन थापा,राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का केन्द्रीय सदस्य मनोज बस्नेत,राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) मोरङ निर्वाचन समितिका संयोजक उद्धव चन्द्र घिमिरे,राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)मोरङका जिल्ला अध्यक्ष गोपाल कटुवाल,राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)मोरङका सचिव एवम निर्वाचन समितिका सचिव जय प्रसाद सिटौला लगायतको विशेष उपस्थितिमा निर्वाचन सम्पन्न भएको हो । अधिवेशनले राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) मोरङ निर्वाचन क्षेत्र नम्बर ५ को प्रदेश सभा ख को १४ सदस्यीय समिति समेत चयन गरेको छ ।

सम्बन्धित समाचार