Close This

सिन्धुलीको मरिणमा सहिद विशाल–कुमार स्मृति दिवस मनाइयो

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-५-२० गते   ४२ पटक हेरिएको


सिन्धुलीको मरिण गाउपालिकाले सहिद विशाल–कुमारको १७ औं स्मृति दिवस मनाएको छ । नेकपा(माओवादी केन्द्र) मरिण गाउँ कमिटिको आयोजनामा स्मृति दिवस मनाइएको हो ।
नेकपा(माओवादी केन्द्र)का स्थायी समिति सदस्य एवम पुर्व कृषिमन्त्री हरिबोल गजुरेल(शितलकुमार)को प्रमुख अतिथ्यतामा स्मृति दिवस मनार्ईएको मरिण गाउँपालिका अध्यक्ष पानीराज बम्जनले जानकारी दिनु भयो । तत्कालीन नेकपा (माओवदी)का केन्द्रीय सदस्य शेरमान कुँवर ‘विशाल’ र बैकल्पिक केन्द्रीय सदस्य मोहनचन्द्र गौतम ‘कुमार’ को २०६१ साल भदौ २० गते धनुषाको धनछवारमा सरकारी सुरक्षाकर्मीको कारवाहीमा हत्या भएको थियो ।
स्मृति दिवसको अवसरमा सहिद विशाल–कुमार प्रति श्रदान्जली अर्पण तथा नेकपा (माओवादी केन्द्र)का सबै जनवर्गिय संगठनको पदाधिकारीहरुको सपथ ग्रहण समेत सम्पनन भएको अध्यक्ष बम्जनले जानकारी दिनुभयो । कार्यक्रममा नेकपा(माओवादी केन्द्र) सिन्धुलीका ईन्चार्ज राजन दाहाल(लेखनाथ), नेकपा(माओवादी केन्द्र) बागमती प्रदेशका प्रमुख सचेतक बुद्धिमान माझी (बसन्त) लगायत नेकपा(माओवादी केन्द्र)का नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
सहिद विशाल–कुमार प्रति श्रदासुमन व्यक्त गर्दै नेकपा(माओवादी केन्द्र) सिन्धुलीका ईन्चार्ज दाहालले सहिदहरुले देखाएको सपना र लक्ष्य पुरा गर्ने दिशामा लाग्ने प्रण गर्नु भयो । ईन्चार्ज दाहालले,‘ सत्य,न्याय,समानता र समाजवाद प्राप्तिको उदेश्य सहित सञ्चालित महान् जनयुद्धका कमाण्डरहरू विशाल र कुमारले २०६१ साल भाद्र २० गते शहादत प्राप्त गर्नु भएको बताउनु भएको मरिण गाउँपालिका ३ का वडा अध्यक्ष विर्मस मोक्तान(प्रख्यात)ले जानकारी दिनु भयो । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech