हरिवन १ को मानव सेवा आश्रममा कर्मचारी मिलन केन्द्रद्वारा सहयोग

428 Shares

सर्लाहीको हरिवन नगरपालिका १ कैलाशपुरी स्थित रहेको मानवसेवा आश्रममा कर्मचारी मिलन केन्द्र सर्लाहीले सहयोग प्रदान गरेको छ ।हरिवन नगपालिका १ कैलाशपुरीस्थित रहेको आश्रमलाई एक थान फ्रिज,त्यहाँ संरक्षण गरेर राखिएका बालबालिका तथा अन्य सडक मानवलाई कपडा र सरसफाई सामग्री प्रदान गरिएको कर्मचारी मिलन केन्द्र सर्लाहीका अध्यक्ष सन्तोष कुमार झाले जानकारी दिए ।उनका अनुसार आश्रममा आश्रय दिएर राखिएका व्यक्तिहरुलाई आगो ताप्नका लागि डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीको तर्फबाट एक ट्रयाक्टर दाउरा समेत उपलब्ध गराइएको छ ।
कर्मचारी मिलन केन्द्र सर्लाहीका संरक्षक एवम प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा भैरवीदल गण पाँचकुमारीका प्रमुख एवम सेनानी सूूर्यबहादुर कार्की,सशस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा.गण सर्लाहीका गणपति एवम सशस्त्र प्रहरी उपरीक्षक विनोदराज खनाल लगायत विभिन्न कार्यालयहरुका प्रमुख तथा कर्मचारी मिलन केन्द्रका पदाधिकारीहरु सहित सदस्यहरुको उपस्थिति रहेको कर्मचारी मिलन केन्द्र सर्लाहीका अध्यक्ष तथा डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीका प्रमुख एवम डिभिजन वन अधिकृत झाले बताए ।डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीले चिसो बढेपछि जिल्लाका सार्वजनिक तथा सेवाग्राहीहरुको भिडभाड हुने ठाउँहरुमा निःशुल्क दाउरा वितरण गरि रहेको छ ।

सम्बन्धित समाचार