Close This

लालबन्दी १७ मा मेरो जित सुनिश्चित छ ः माओवादी केन्द्रका वडा अध्यक्ष पदका उम्मेदवार अधिकारी

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-१-२९ गते   २११३ पटक हेरिएको

बैशाख ३० गते हुने स्थानिय निकायको निर्वाचनमा आफ्नो जीत सुनिश्चीत रहेको नेकपा(माओवादी केन्द्र)को तर्फबाट लालबन्दी नगरपालिका १७ को वडा अध्यक्ष पदका उम्मेदवारले बताउनु भयो । माओवादी केन्द्रको तर्फबाट लालबन्दी नगरपालिका १७ को वडा अध्यक्ष पदका उम्मेदवार विष्णुहरी अधिकारीले आफ्नो वडामा  जीत सुनिश्चीत रहेको बताउनु भयो ।
कमलामाई मिडिया प्रा.लिसंग संक्षिप्त कुरा गर्दै उम्मेदवार अधिकारीले लालबन्दी  नगरपालि १७ मा विभिन्न किसिमका विकृति विसंगतिहरु रहेकोले ती विकृति विसंगति हटाउन र समृद्ध वडा निर्माण गर्नका लागि आफुले उम्मेदवारी दिएको बताउँदै यस पटकलाई लालबन्दी नगरपालिका १७ बासीले गोलाकार भित्रको हँसिया हथौडा चिन्हमा मतदान गरि आफ्नो प्यानललाई बिजयी गराउने उहाँले विश्वास गर्नुभयो ।
वडाको विकृति विसंगतिको अन्त्य गर्दै समृद्ध वडा निर्माण गर्न आफु जिते  मात्र सम्भव रहेको बताउँदै उम्मेदवार अधिकारीले वडाको शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी,हाटबजारको व्यवस्थापन गर्दै वडाको विकृति विसंगतिवाट मुक्त हुन वडाबासीले यस पटक नेकपा (माओवादी केन्द्र)को तर्फबाट उम्मेदवारी दिएका उम्मेदवारलाई जिताउने विश्वास व्यक्त गर्नुभयो ।
जनताले यसपालि मलाई जिताउने छन् भन्ने विश्वास छ । विगतको ५ वर्षको अवधिमा लालबन्दी नगरपालिका १७ मा प्रशंसा गर्न लायक कुनै किसिमको काम नभएको बताउँदै आफुले जितेपछि ५ वर्ष भित्रमा शिक्षाको स्थितिमा सुधारात्मक परिवर्तन,स्वास्थ्य क्षेत्रको अवस्थामा सुधारात्मक परिवर्तन,कृषि क्षेत्रमा किसानको आवश्यकता अनुसार सुधारात्मक परिवर्तन,हाटबजार व्यावस्थापन,रोजगारीमुलक क्षेत्रमा लगानीगरेर देखाउने प्रतिवद्धता जनाउनु भयो ।
विगतको करिब ५ वर्षमा लालबन्दी १७ मा  कुनैपनि क्षेत्रमा राम्रो काम नभएका कारण जनताहरु हैरान भएका छन् । जसका कारण आफुप्रति जनताको भावना सकारात्मक रहेकोले जित सुनिश्चीत रहेको उम्मेदवार अधिकारीले बताउनु भयो । उहाँले लालबन्दी नगरपालिका १७ मा नेकपा(एकिकृत समाजवादी)को समेत चुनावी सहमती भएकाले आफ्नो जीत भई सकेको र घोषणा गर्न मात्र बाँकी रहेको बताउनु भयो ।
आफुले चुनावी प्रचार प्रसारको क्रममा घरदैलो कार्यक्रम गर्दा जनताको साथ सहयोग भरपुर पाएको बताउँदै माओवादी केन्द्र र आफ्नो प्यानल थप मजबुद भएको माओवादी केन्द्रको तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार अधिकारीले बताउनु भयो ।
उहाँले हाम्रा आफ्ना प्रतिवद्धता पत्रमा सुकुम्बासीहरुको व्यावस्थापन,सडक, नाला निर्माण, भौतिक पूर्वाधार विकास, फोहर व्यवस्थापन, शिक्षा, स्वास्थ्य, कृषि क्षेत्रका विकास, महिला, बालबालिका तथा नमुना र समृद्ध वडा बनाउनु पर्ने साथै वडामा हाटबजारको व्यावस्थापन गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech