Close This

सरकारी सेवा सुविधा लिदैनन् नगर प्रमुख थापा

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-७-१७ गते   २९२४ पटक हेरिएको

मुलुका संघिय संरचनामा गएपछि स्थानिय निकायको निर्वाचन भयो । लामो समयपछि नागरीकले आफुले मतदान गरेर निर्वाचीत जनप्रतिनिधिहरु पाए । देशले विकासमा फड्को मार्ने चरणमा छ । यसैविचमा आएका कतिपय जनप्रतिनिधिहरु सुविधा मुखी विलाशी भए भन्ने आरोप लागि रहेको समयमा कतिपय स्थानिय निकायका जनप्रतिनिधिहरुले फरक खालको अश्यास पनि गरिरहेका छन ।


सुविधा मोहलाई त्यागेर जन्ताको काममा रातदिन खटिने त्यस्ता पनि जनप्रतिनिधिहरु छन ।जो विरलै देखिन्छ ।  जो समाजमा लोकप्रिय पनि बनेका छन । संघियता पछि निर्वाचीत जनप्रतिनिधिहरुका लागि तोकिएको पाउँने सेवा सुविधा नलिएका विरलै जनप्रतिनिधिहरु मध्यका एक फरक पत्र हुनुहुन्छ, सर्लाहीको बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापा । जो आफु निर्वाचीत भएदेखि अहिले सम्म सरकारी सेवा सुविधा नलिई रातदिन जन्ताको घरदैलोमा जन्ताकै सेवामा हरक्षण खटि रहनु भएको छ । 
नगर प्रमुख थापा नगर प्रमुखले पाउने सेवा सुविधान,तलवभक्ता,सवारी इन्धन लगायतका कुनै पनि सेवा सुविधा नलिई नगरका जन्ता नै सर्वाेपरि ठानेर रातहदिन खटिरहनु भएको छ । तत्कालीन एनेकपा माओवादीबाट निर्वाचित हुनु भएका नगर प्रमुख थापाले निर्वाचित भएदेखि अहिले सम्म सरकारी सेवा सुविधाको नाममा कुनै सेवा सुविधान लिनु भएको छैन ।
नगर प्रमुखले पाउने सेवा सुविधा,तलव भक्ता,सवारीसाधन,इन्धन,बैठक भक्ता आदी नलिएर आफ्नो नगरका विपन्न नागरीकलाई खानेपानी,सडक,विद्युत लगायतका सेवा सुविधा विस्तारको लागि लगानी गर्नु भएको छ ।
नीयम अनुसार आफुले पाउने सेवा सुविधाबाट आफ्नो नगरको माथिल्लो चुरे क्षेत्रका बासिन्दालाई खानेपानी,सडक र विद्युत विस्तारमा लगानी गर्नु भएको छ । नगर भित्रको कोही पनि नागरीकले रोग,भोक र विपन्नताका कारण समस्या झेल्न नपरोस भनेर आफु आफ्नो निजि लगानीमा पनि नगरबासीको काममा निरन्तर लागि रहनु भएको छ ।
आफुले सरकारी सेवा सुविधा लिइ रहँदा ऐस आराम गर्दा नगरबासीले आधारभुत आवश्यकता पनि पुरा गर्न नसक्नुले “गाउँ गाउँमा सिंह दरवार” भन्ने नाराले सार्थकता पाउन नसक्ने भन्दै नगर प्रमुख थापा “गाउँ गाउँमा सिंहदरवार”को राष्ट्रिय नारालाई सार्थक पार्न आफु नागरीकको घरदैलोमै पुगेर सेवा दिने काममा तल्लीन हुनु भएको छ ।
नगर प्रमुख थापाले निर्वाचीत भएदेखि अहिलेसम्म एक कप चिया पनि नपिउनु भएको प्रमुख प्रशासकिय अधिकृत विमल कुमार पोख्रेलले बताउनु भयो । “नगर प्रमुख थापा कार्यालयमा आउँदा पनि चिया पिउँन आफ्नो निजि निवास तथा होटलमा गएर चिया पिउनु हुन्छ । नगरप्रमुखले अहलिे सम्म नगरको रकमबाट एक रुपैँया पनि खर्च गर्नु भएको छैन ।” प्रमुख प्रशासकिय अधिकृत पोख्रेलको भनाई छ ।
नगर प्रमुखको निर्वाचनको क्रममा आफु निर्वाचीत भएका नगरपालिकाको आफुले पाउँने सेवा सुविधाको नाममा एक रुपैँयाँ पनि नलिई नगरबासीकोसेवा गर्ने प्रतिवद्धता जनाउनु भएका नगर प्रमुख थापाले निर्वाचनको क्रममा बोलेका कुरा क्रमैसंग पुरागर्दै जानु भएको नगर उप प्रमुख लिला कुमारी मोक्तानले बताउनु भयो ।


नगर प्रमुख थापाले नगरमा आएको बजेटमा अनियमितता नहोस भन्नका लागि कसनै पनि वडा अध्यक्षहरुलाई बजेट विनियोजन गर्नु भएको छैन । उहाँले योजना लिएर आउने योजना पास गराउने र काम सकेर बजेट लैजाने भन्दै सबै वडा अध्यक्षहरुलाई बताउनु भएको वडा नम्बर २ का वडा अध्यक्ष दिपक लामाले बताउनु भयो ।
गरीव,दिनदुखी,निमुखाका साहारा बनेका नगर प्रमुख थापा नगरपालिकाको कामले बाहिर जानु पर्दा समेत आफ्नो निजि खर्चमै जाने गर्नु भएको नगरपालिकाले जनाएको छ । नगर भित्रका नागरीकहरु आर्थिक अभावमा उपचार पाउनबाट बञ्चीत भएको थाहा पाएमा,कोही भोकै बसेको थाहा पाएमा नगर प्रमुख थापा सम्बन्धीत स्थानमै पुगेर सेवा दिने गर्नु हुन्छ ।
११ वडा रहेको नगरका हरेक नागरीकले आफुहरुले खोजेको जस्तो नगरप्रमुख पाएको बताउँछन । बागमती नगरपालिका ४ का हरिकृष्ण घिमिरेले देशभर कहि कतै आफ्नो नगर प्रमुख जस्तो नगर प्रमुख नरहेको बताउनु भयो ।  नागरीकको सेवामा नगर प्रमुख थापा जतिको खट्ने,नागरीक मैत्री अरु कुनै नगरप्रमुख नरहेको वडा नम्बर ५ का सुविर लामाले बताउनु भयो ।
प्रदेश नं. २ कै नमुना १ सय २० विघामा नगर बगैँचा,करिब २ सय विघामा पोखरी, फन पार्क लगायतका नयाँ योजना ल्याएर नगरबासीलाई रोजगारी मात्र नभई आन्तरीक तथा बाह्य पर्यटकिय गन्तव्यको रुपमा विकास गर्न नगरपालिकाका जनप्रतिनिधिहरु हरहमेशा लागि परेका छन ।

नगरमा कार्यारत कर्मचारीहरुले आफ्ना छोराछोरी सरकारी तथा सामुदायिक विद्यालयमै पढाउनु पर्ने, सरकारी तथा सामुदायिक विद्यालयहरुले अंग्रेजी माध्याममा पढन पाढन गराउनु पर्ने लगायतका निर्णयहरु गरेर नगर विकासमा लागि परेका जनप्रतिनिधिहरु एक पछि अर्काे निर्णयमा सफल हुँदै गएका छन ।नागरीकको सेवामा अहोरात्र खटिने नगर प्रमुख थापालाई नगरबासीले पनि आफ्नै परिवारको सदस्याको रुपमा माया गरेका छन ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech