समाज कल्याण खेलकुद केन्द्रलाई १–२ गोलअन्तरले पराजीत गर्दै बागमतीको शिर्ष स्थान कायममै

146 Shares

सर्लाहीको बागमती युवा क्लबले शहिद स्मारक सी डिभिजन लिगको दशौँ चरणको खेलमा पनि महत्वपूर्ण जित निकाल्दै शिर्ष स्थान कायममै राखेकोे छ ।शहिद स्मारक सी डिभिजन लिगको दशौं चरणको खेलहरु जारी रहँदा उत्कृष्ट लयमा देखिएको बागमती युवा क्लबले महत्वपूर्ण जित निकाल्दै शिर्ष स्थान कायममै राखेको बागमती नगरपालिकाको खेलकुद विकास समितिका संयोजक एवम बागमती युवा क्लबका महासचिव सागर मैनालीले जानकारी दिए ।
उनका अनुसार मंगलबार(आज) भएको खेलमा बागमतीले समाज कल्याण खेलकुद केन्द्रलाई २–१ गोलअन्तरले पराजीत गरेको हो।सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा बागमतीका लागि राज भुषाल र सिर्जनराज गौतमले एक/एक गोल गर्दै शिर्ष स्थान कायममै राखेका हुन ।
खेलको दोस्रो हाफमा बागमतीका आयुष राना दोहोरो पहेंलो कार्ड खाँदै मैदान बाहिरिएर १० जना खेलाडीमा सिमित भएको बागमतीले महत्वपूर्ण जित निकाल्दै शिर्ष स्थान कायममै राखेको बागमती युवा क्लबका सचिव कुमार प्रधानले जानकारी दिए । यो जितपछि १० खेलबाट २३ अंक जोडेको बागमती शिर्ष स्थान मै छ भने पराजीत भएको समाज कल्याण १६ अंकका साथ चौथो स्थानमा रहेको छ ।पराजित समाज कल्याण केन्द्रका लागि रोशन क्षेत्रीले एक गोल फर्काएका थिए ।मोफसलमा रहेर फुटबल क्षेत्रमा निकै प्रगति गरेको बागमती युवा क्लबले विभिन्न समय र स्थानहरुमा भएका प्रतिया्गिताहरुमा ए डिभिजन लिगका धेरै क्लबहरुलाई पराजीत गरेको छ ।

सम्बन्धित समाचार