माओवादी केन्द्र बागमती नगर कमिटिको प्रथम अधिवेशन सम्पन्न

2.8k Shares

नेकपा(माओवादी केन्द्र) बागमती नगर कमिटिको प्रथम अधिवेशन पनि शनिबार सम्पन्न भएको छ । बागमती नगरपालिका ४ जिरायतमा भएको प्रथम नगर अधिवेशनमा नेकपा(एमाले)बाट निर्वाचित वडाध्यक्ष सहित सयौँ नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
बागमती नगरपालिका ५ का वडाध्यक्ष कृष्ण बहादुर वाईवाको नेतृत्वमा सयौँ नेता तथा कार्यकर्ता पार्टी प्रवेश गरेका नेकपा(माओवादी केन्द्र) जिल्ला समन्यव समिति सर्लाहीका संयोजक कमल बुढाथोकीले जानकारी दिनु भयो । उहाँका अनुसार वडाध्यक्ष वाईवा सहित विभिन्न पार्टी परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गरेका नेता कार्यकर्ताहरुलाई माओवादी केन्द्रका वरिष्ठ नेता एवम पुवै उप प्रधानमन्त्री नारायण काजी श्रेष्ठ(प्रकाश)ले फुलमाला दोसल्ला र अविर लगाएर स्वागत गर्नु भएको हो । नेपाली कांग्रेस, नेकपा(एमाले)लगाएत पार्टीका नेता कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन । 
बागमती नगर कमिटिको प्रथम नगर अधिवेशनले चित्र बहादुर तुम्सिङको अध्यक्षतामा ६० सदस्यीय नगर कमिटी सर्व सहमत घोषणा गरेको छ । कमिटिको वरिष्ठ उपाध्यक्षमा रामहरी कोईराला, उपाध्यक्षमा विनिता दाहाल र तिलक बहादुर मोक्तान, सचिवमा भुवन प्रसाद निरौला , सह सचिवमा टंक बहादुर बोहरा, कोषाध्यक्षमा लिला कुमारी मोक्तान सहित ६० सदस्यीय नगर कमिटि घोषणा गरिएको नव निर्वाचित सचिव भुवन प्रसाद निरौलाले जानकारी दिनु भयो ।  
प्रथम नगर अधिवेशनलाई सम्बोधन गर्दै नेता प्रकाशले आगामी निर्वाचनमा माओवादी केन्द्रलाई विजयी बनाउन आग्रह गर्नु भयो । उहाँले महिला,दलित,उत्पिडित,मधेशी, आदिवासी,जनजातीहरुलाई अधिकार सम्पन्न बनाउने माओवादी केन्द्रको बलिदानी एक पटक स्मरण गर्न समेत नेता तथा कार्यकर्ताहरुलाई आग्रह गर्नु भयो शर्मिला रमौली मगर

सम्बन्धित समाचार