‘संविधानको सफल कार्यान्वन गर्न र विकास र समृद्धिको नेतृत्व गर्न वाम–लोकतान्त्रिक गठबन्धन’लाई भोट दिन नेता साहको आग्रह

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-७-२२ गते   २६२ पटक हेरिएको

नेपालको संविधानको सफल कार्यान्वन गर्न र विकास र समृद्धिको नेतृत्व गर्न वाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट सर्लाही २ मा आफ्नो उम्मेदवारी रहेको वाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्य पदका साझा उम्मेदवार  नरेन्द्र साहले बताउनु भयो । केपि शर्मा ओलीले स्वाच्छाचारी ढंगले असंवैधानिक,अलोकतान्त्रिक ढंगले प्रतिनिधि सभा विघटन गरेपछि ओलीको कदमको शसक्त प्रतिरोध गर्न वाम–लोकतान्त्रिक गठबन्धन बनाईएको सर्लाही २ बाट प्रतिनिधि सभा सदस्य पदमा नेकपा(माओवादी केन्द्र)को फर्तबाट उम्मेदवारी दिएका साहले बताए ।
अग्रगमनका पक्षधर,लोकतन्त्रका पक्षधरहरु प्राप्त उपलब्धीको रक्षा गर्ने,संविधानको सफल कार्यान्वयन गर्ने र विकास र समृद्धिको नेतृत्व गर्ने राजनीतिक दलहरुमा एजेण्डा मिल्यो र साझा संकल्प गरेको र ओलीको प्रतिगामी कदमको विरुद्धमा जाने र विकास र समृद्धिको नेतृत्व गर्ने भनेर गठबन्धन बनेको बताउँदै सर्लाही २ का जनताले आफुलाई पुर्ण रुपमा विश्वास गर्ने र मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा आफुलाई जिताउने विश्वास पनि उम्मेदवार साहले व्यक्त गरे ।
सर्लाही २ मा शिक्षाको गुणस्तर,गुणस्तरीय स्वास्थ्य सेवा सहितको स्वास्थ्य संस्था स्थापना लगायतका काम गर्ने अवसर सृजना गरि दिन पनि वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार लोकप्रिय नेता साहले आग्रह गरेका छन् । मंसिर ४ गतेको निर्वाचन पछि प्रदेश र संघीय सरकार गठबन्धनको नै बन्ने र जनताको अवश्यकता अनुसार विकास निर्माणको सम्पूर्ण कार्यहरु प्रथमिकताका क्रममा राखेर गरिने नेता साहले बताउनु भयो । अब गठबन्धनको सरकारले १५ वर्ष भित्र देशलाई विकसी देश बनाउन वृहत्तर योजना सहित काम गर्ने उनले प्रतिवद्धता समेत व्यक्त गरे ।
उनले कमलामाई मिडिया प्रा.लि.संगको अनौपचारीक कुराकानीमा मंसिर ४ को निर्वाचन गणतन्त्र जोगाउने की सिध्याउने भन्ने निर्णय गर्ने निर्वाचन भएकोले एक भोट पनि विचार पु¥याएर मतदान गर्न आग्रह गरे । उनले ठूलो वलिदानीपूर्ण आन्दोलनबाट प्राप्त गणतन्त्र, संघीयता,धर्मनिरपक्षता,समानुपातिक सहभागिता बचाउने की सिध्याउने निर्णय मंसिर ४ को निर्वाचनले गर्ने भएकोले ठूलो बलिदानबाट प्राप्त उपलब्धीको रक्षाका लागि सबै मतदातले गठबन्धनका उम्मेदवारहरुलाई मतदान गर्न उनले आग्रह गरे ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech