सर्लाहीको लालबन्दी नगरपालिका १७ स्थित रानिगन्जमा बुधबार(आज)बाट सर्लाही जिल्ला लिग फुटबल प्रतियोगिता २०८१ सुरु भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को वार्षिक क्यालेण्डर अनुसार आयोजित प्रतियोगिताको लालबन्दी नगरपालिका १७ स्थित रानिगन्जमा रहेको महाकाली युवा क्लबको फुटबल मैदानमा लालबन्दी नगरपालिकाका नगर प्रमुख बासुदेव अधिकारीले उद्घाटन गरेका सर्लाही फुटबल संघका उपा अध्यक्ष एवम महाकाली युवा क्लबका खेलकुद संयोजक विभुसिंह थापाले जानकारी दिए ।
उनका अनुसार आयोजक सर्लाही जिल्ला फुटबल संघका अध्यक्ष विष्णु सुस्लिङको अध्यक्षतामा आयोजित प्रतियोगिताको उद्घाटन समारोहमा ईश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज कुमार आचार्य,लालबन्दी नगरपालिकाकी नगर उप प्रमुख कल्पना माया पाख्रिन,निवर्तमान राज्यमन्त्री शम्भुलाल श्रेष्ठ,मधेश प्रदेश फुटबल संघका मानार्थ उपाध्यक्ष उज्वल कार्कीलगायतको आतिथ्यता रहेको थियो ।
असार २३ गतेसम्म संचालन हुने प्रतियोगितामा सर्लाही जिल्ला फुटबल संघमा आवद्ध रहेका नौ वटा क्लबको सहभागिता रहेको आयोजकले जनाएको छ।प्रतियोगिताको बिजेताले रु ५० हजार पुरस्कार सहित १० औं राष्ट्रिय खेलकुदमा मधेश प्रदेश स्तरीय छनौटमा सहभागी हुने अवसर पाउने आयोजक महाकाली युवा क्लबले जनाएको छ ।प्रतियोगिताको उद्घाटन खेलमा बुधबार(आज)जनज्योति स्पोर्टस् क्लब लालबन्दी नगरपालिका ९ बस्तीपुर र मिरमिरे युवा क्लब लालबन्दी नगरपालिका १६ परवानिपुरले प्रतिस्पर्धा गरेका छन् ।प्रतियोगिताको उद्धघाटन खेलमा जनज्योतिले मिरमिरेलाई ३–२ गोल अन्तरले पराजित गरेको आयोजकले जनाएको छ ।
आयोजक सर्लाही जिल्ला फुटबल संघका महासचिव शिवहरि गौतमले जानकारी दिए ।अब बिहीबारको पहिलो खेल युनिक फुटबल क्लब लालबन्दी नगरपालिका १७ र महाकाली युवा क्लब लालबन्दी नगरपालिका १७ रानिगन्ज तथा विशाल युवा क्लब ईश्वरपुर र पब्लिक यूथ क्लब लालबन्दीले खेल्ने आयोजकले जनाएको छ ।