सर्लाहीका मुसहर समुदायका महिलाले आफ्नै समुदाय मात्रै सहभागी भएर सरकारी संस्था स्थापना गरेका छन् ।आर्थिक तथा शैक्षिक रुपमा विपन्न मानिने मुसहर समुदायले आफ्नो समुदाय पनि अब आर्थिक तथा शैक्षिक रुपमा विपन्न छैन भन्ने देखाउन सहकारी संस्था खोलेका मुसहर समुदायको सशक्तिकरणका लागि काम गर्दै आएको साउथ एसिया पार्टनरशिप नेपाल (साप नेपाल)का प्रादेशिक संयोजक जनक कार्कीले जानकारी दिए ।
उनका अनुसार जिल्लाको हरिपुर नगरपालिका भित्रका मुसहर समुदायका महिलाहरु मिलेर साहु (महाजन) मुक्त कृषि सहकारी संस्था संचालनमा ल्याएका हुन् ।हरिपुर नगरपालिकाका करिव पाँच सय मुसहर समुदायका महिलाहरु मिलेर करीव रु २० लाख मुल पुँजी राखेर जिल्लाकै दोश्रो मुसहर महिलाहरुद्वारा संचालित सहकारी सञ्चालनमा ल्याएका हुन ।
यसअघि जिल्लाकै चन्द्रनगर गाउँपालिकामा २ वर्षदेखि मुसहर समुदायका महिलाहरुको सहभागीतामा सहकारी सञ्चालन गरिएको मुसहर समुदायको सशक्तिकरणका लागि काम गर्दै आएको संस्था साउथ एसिया पार्टनरशिप नेपाल (साप नेपाल)का प्रादेशिक संयोजक कार्कीले बताए ।उनका अनुसार सहकारीबाट आर्थिक,सामाजिक,शैक्षिक तथा राजनितिक रुपमा पछाडी परेका मुसहर समुदायको सशक्तिकरणमा सहयोग पुग्ने छ।पछिल्लो समयमा तराई मधेसमा दलित मुसहर समुदायका महिलाहरु मिटर व्याजका कारण पीडित हुँदै आएका छन् ।आर्थिक रुपमा कमजोर मुसहर समुदाय दैनिक ज्यालामजदुरी गरेर जीविको पार्जन गर्न बाध्य छन् ।