Close This

हरिवनका १३ जनामा कोरोना पोजेटिभ

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-४-२९ गते   २९१ पटक हेरिएको

सर्लाहीको हरिवनमा १३ जनामा कोरोना भाईरस(कोभिड १९) पोजेटिभ देखिएको छ ।उद्योग वाणिज्य संघ हरिवनका पदाधिकारी र मालपोत कार्यालयका एक जना कर्मचारी समेत गरी १३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हरिवन नगरपालिकाले जनाएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा बिहिवारसम्म हरिवनबाट पठाइएको ४ सय ११ जनाको थ्रोट स्वाब परीक्षण गरेर सकिँदा १३ जनाको रिपोर्ट पोजिटिभ आएको नगर प्रमुख गणेश प्रसाद प्रसाईले जानकारी दिनुभयो । संक्रमितहरुको खोजी गरी हरिवन नगरपालिका–११, बासाटोलस्थित नगरपालिकाको नयाँ भवनमा रहेको आइसोलेसनमा राखिने नगर प्रमुख प्रसाईले बताउनु भयो ।
समुदाय स्तरमै कोरोनाको संक्रमण पाइएपछि अब थप सतर्कता अपनाउन उहाँले आग्रह गगर्नु भएको छ । भने लालबन्दीबाट गत शनिवार ६१ जनाको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा र सोमवार १ सय २३ जनाको हेटौंडास्थित ल्याबमा स्वाब पठाइएको थियो  जसको हलिे सम्म पनि रिपोर्ट नआएको लालबन्दी नगरपालिकाले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech