सर्लाहीको बरहथवा नगरपालिका र बसबरिया गाउँपालिकालाई २५÷२५ थान टेन्ट सहयोग प्राप्त भएको छ ।नेपाल–भारत महिला मैत्री समाजको पहलमा भारत सरकारले दुवै पालिकालाई टेन्ट उपलब्ध गराएको हो ।
नेपाल–भारत महिला मैत्री समाजकी अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य चन्दा चौधरीले बरहथवा नगरपालिकाकी उपप्रमुख सीतादेवी माझी र बसबरिया गाउँपालिकाकी उपाध्यक्ष रीनाकुमारी यादवलाई टेन्ट हस्तान्तरण गर्नु भएको छ ।
बाढी पीडितका लागि वितरण गर्न दुई÷दुई कोठाको टेन्ट प्रदान गरिएको नेपाल–भारत महिला मैत्री समाजले जनाएको छ । बरहथवा नगरपालिकाको प्रांगणमा नगर उपप्रमुख माझीको अध्यक्षता एवं समाजकी अध्यक्ष चन्दा चौधरीको प्रमुख आतिथ्यतामा आयोजित टेन्ट हस्तान्तरण समारोहमा प्रदेश सभा सदस्य सञ्जय यादव लगायतको उपस्थिति रहेको समाजले जनाएको छ ।
बरहथवा नगरपालिका र बसबरिया गाउँपालिका सर्लाहीमा बाढी तथा डुबानबाट अत्यधिक प्रभावित मध्येका स्थानिय निकाय रहेका छन ।