Close This

बडी विल्डिङमा वल्ड तृतीय लालबन्दी ५ का महतोलाई वडा अध्यक्ष भण्डारीद्धारा सम्मान

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-९-२१ गते   ११२४ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिका ५ का विश्व बडी बिल्डिर विजेता सुरेन्द्र महतोलाई लालबन्दी नगरपालिका ५ ले  सम्मान गरेको छ । लालबन्दी नगरपालिका ५ घर भएका महतोले विश्व बडि विल्डिङमा तृतिय स्थान हासिल गरेका थिए ।
विभिन्न ९ वटा देशको सहभागीता रहेको प्रतियोगीतामा तृतिय भएर नेपालको पशर उच्च बनाएका महतोलाई लालबन्दी नगरपालिका ५ का वडा अध्यक्ष मोहन भण्डारीले  सम्मान गर्नु भएको हो ।
एसिया बडी विल्डिङ एण्ड फिट्नेश च्याम्पीयन सीप २०२१ र वल्ड डाइमण्ड कप बडी विल्डिङ एण्ड फिट्नेश २०२१ प्रतियोगितामा सहभागी भएका महतोले विश्वमा तृतीय स्थान ल्याएर देशको शिर उच्च राखेका छन् । लालबन्दी नगरपालिका  ५ को आयोजनामा वडा अध्यक्ष भण्डारीले महतोलाई सम्मान गर्नु भएको हो । उहाँले नगद रु. ५ हजार र  प्रमाण पत्रका साथमा सम्मन गर्नु भएको हो ।  महतोले  देशको शिर विश्वसामु उच्च राख्न सफल भएकाले सम्मान गरिएको लालबन्दी नगरपालिका ५ का वडा अध्यक्ष भण्डारीले बताउनु भयो ।
भारतको नयाँ दिल्लीमा भएको एसिया बडी विल्डिङ एण्ड फिट्नेश २०२१ विश्वका ९ देशको सहभागीता रहेको थियो । भने वल्ड डाइमण्ड कप बडी बिल्डिङ एण्ड फिट्नेश बडी बिल्डिङ २०२१ मा विश्वको २१ देशका खेलाडीहरु सहभागी भएका थिए जसमध्ये महतोले तेस्रो स्थान प्राप्त गरेका हुन ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech