सहनीलाई ठक्कर दिएर फरार बस प्रहरीको नियन्त्रणमा

366 Shares

पुर्व पश्चीम राजमार्ग स्थित सर्लाहीको हरिवन नगरपालिका ११ स्थित चिनी मिल नजिकै मानिसलाई ठक्कर दिएर फरार भएको सवारी साधनलाई ईलाका प्रहरी कार्यालय हरिवन नियन्त्रणमा लिएको छ ।फागुन १४ गते मलंगवा नगरपालिका ५ भाडसरका अन्दाजी वर्ष ४५ का बोधेश कुमार सहनीलाई रातीको समयमा ठक्कर दिएर फरार भएको सवारी साधनको अनुसन्धानको सिलसिलामा ना.६ ख ७४४५ नम्बरको सुपर कालिका बसलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरीनायव उपरिक्षक सरोज राईले जानकारी दिए ।
उनका अनुसार हरिवन नगरपालिका ४ तिनघरे स्थितमा रहेको टाईम्स पानी उद्योगमा कार्यरत मलंगवा नगरपालिका ५ भाँडसरका सहनीलाई सवारी साधनले ठक्कर दिएर फरार भएको थियो । सवारी साधनको ठक्करबाट दुबै खुट्टा छेद बिच्छेद भएको अवस्थामा सहनीलाई प्रहरीले फेला पारी उपचारको लागी हरिवन नगरपालिका स्थितमा रहेको नमूना अस्पताल हरिवनमा उपचार गराउँन लैजाँदा त्यहाँ सशनीलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।उक्त बसका चालक चितवनको माडी नगरपालिका २ जिवनपुर टोलका बअन् दाजी वर्ष ३६ को दिनेश मरदनियालाई समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
त्यसैगरी,पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी ९ स्थित डिभिजन वन कार्यालय लालबन्दी,सर्लाही नजिकै कारको ठक्करबाट एउटा निलगाई मरेको छ ।लालबन्दी नगरपालिका ९ स्थित डिभिजन वन कार्यालय लालबन्दी नजिकै नवलपुरबाट लालबन्दीतर्फ आउँदै गरेको प्रदेश ३–०१–०२२ च ३७४९ नम्वरको कारको ठक्करबाट निलगाई मरेको हो । निलगाईसँग ठोक्किँदा कारको अगाडिपट्टीको भाग कुच्चिएको प्रहरीले जनाएको छ ।
निलगाईलाई ठक्क्र दिने कारका चालक सम्पर्क विहीन भएका प्रहरीले जनाएको छ।कारको ठक्करबाट मरेको निलगाई र दुर्घटनामा परेको कार डिभिजन वन कार्यालय लालबन्दी सर्लाहीमा ल्याएर राखिएको छ ।बयस्क हुनेक्रममा रहेको निलगाई कारको ठक्करबाट घटनास्थलमै मरेको सव डिभिजन वन कार्यालय लालबन्दीका प्रमुख सागरबस्यालले बताए।उनका अनुसार कार चालक सम्पर्कमा आएपछि राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन अनुसार कारवाही चलाइने छ ।

सम्बन्धित समाचार