प्रहरी निरीक्षक गिरी पुरस्कृत,

2.5k Shares

जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी निरीक्षक कृष्ण गिरी पुरस्कृत हुनु भएको छ । संघिय प्रहरी इकाइ कार्यलय जनकपुर तथा जिल्ला प्रहरी कार्यालय सर्लाहीले प्रहरी निरिषक गिरीलाई पुरस्कृत  गरेको हो । 
नेपाल प्रहरीका  आशा लाग्दो अधिकृत गिरीले निर्भिक, इमान्दार, बफादार पुर्ण व्यावसायिक, र साहासिक रुपमा कार्य सम्पादन गदै कर्तव्यनिष्ठ र तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गरी अपराध नियन्त्रण अनुसन्धानको क्षेत्रमा सम्पादित कार्यको उच्च मूल्यांकन गर्दै जिल्ला प्रशासन कार्यालय सर्लाहीले उहाँलाइ प्रशंसा पत्र सहित सम्मान गरेको  हो ।
विभिन्न अपराधमा संलग्न व्यक्तिहरुलाई पक्राउ तथा कानूनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गर्नुका साथै आम नागरिकमा सुरक्षाको अनुभूति हुने गरी प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेकोले प्रहरी निरिक्षक गिरीलाई सम्मान गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।  

सम्बन्धित समाचार