सर्लाहीको बागमती नगरपालिका ६ राजघाट पञ्चमुखी चोकमा रहेको घिमिरे दाजुभाइ कृषि तथा पशुपंछी माछा फार्म प्रदेश २ कै उत्कृष्ट पशुपंक्षि फार्मको रुपमा परिचित भएको छ । उनिहरुले बागमती नगरपालिका ६ राजघाटमा व्यावसायीक रुपमा करिब ३ वर्ष पहिला कृषि तथा पशुपंछी माछा फार्म सुरु गरेका थिए । नेपालमै छ पैसा किन जानू पर्यो विदेश,नेपाल मै पैसा फलाएर देखाउछौ भन्ने सोचका साथ उनिहरुले अहिले करिब रु ५० लाखको लागतमा “ घिमिरे दाजुभाइ कृषि तथा पशुपंक्षि फार्म” सञ्चालन शुरु गरेका थिए । अहिले घिमिरे दाजुभाइ कृषि तथा पशुपंछी माछा फार्म करिब रु १ करोड ५० लाखको भई सकेको छ ।
करिब ४ विघा क्षेत्रफलमा आधुनिक तरिकाले फार्म बनाएर १ हजार लोकल र बोइलर कुखुरा,५३ वटा राँगा पाल्न थालेका उनिहरुले १० हजार माछा पनि थपेका हालेका छ्न । करिब ५० हजार माछा पाल्नका लागि पोखरी निर्माण गरि रहेको फार्मका संचालक राम प्रसाद घिमिरेले बताउनु भयो ।
अहिले लोकल कुखुरा,बोइलर कुखुरा,राँगा र माछा पालेका छन भने बाख्रा खसी पाल्ने तयारी स्वारुप फार्म निर्माण गर्ने काम भई रहेको घिमिरेले बताउनु भयो । बाख्रा पाल्नको लागि ६ पहिला देखि नै करिब १ बिघा जग्गामा नर्सरी बनाइ विभिन्न प्रकारका डाले घाँस लगाएको र अहिले डाले घाँस तयारी अवस्थामा पुगेको घिमिरेको भनाई छ ।
उनिहरुले आफ्नो बगैँचामा विभिन्न प्रजातिका फलफूल तथा अमुल्य जडिबुटी र लोप हुन लागेका बिरुवाहरु पनि लगाएका छन् । । सुरुमा खर्च रकम धेरै लाग्ने डर रहेको भएपनि विस्तारै त्यो समस्या समाधान भएको र आफ्नो फार्म हेर्न आउने युवाहरु नेपाल मै बसेर केही गर्न सकिने रहेछ भन्ने मनसाय बनाएर फर्किने गरेका घिमिरेको भनाई छ । जिल्लामै एक नमुना फार्म निर्माण सुरु गरेर चार घिमिरे दाजु भाईहरुले प्रशंसनिय कार्य गरेका बागमती नगरपालिका ६ का वडा अध्यक्ष खड्ग बहादुर राई(गोविन्द)ले बताउनुभयो ।
नेपाल कृषि प्रधान देश हो । नेपालमा कृषकहरुको संख्या करिब ८३ प्रतिशत रहेको छ । भने युवाहरुलाई स्वारोजगारमा जोडेर विदेश पलायन हुने युवाहरुलाई रोक्ने काममा घिमिरे दाजुभाइ कृषि तथा पशुपंछी माछा फार्म लागेकोले फार्म विस्तार गर्दै स्थानिय युवाहरुलाई स्वारोजगार बनाउने विषयमा नगरपालिकाले सकेको सहयोग गर्ने बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापाले बताउनु भयो । उहाँका अनुसार कृषिलाई आधुनिक तरिकाले गर्ने र युवालाई रोजगारी दिने उक्त घिमिरे फार्मको लक्ष्य पुरा गर्न आवश्यक सबै प्रकारका सहयोग गर्न नगरपालिका तयार रहेको छ ।
उक्त घिमिरे फार्मले युवालाई रोजगारी प्रदान गर्ने र समयसमयमा विभिन्न कार्यक्रम सञ्चालनमा ल्याउँदा स्थानीय पनि निकै उत्साहित भएका छ्न । प्रदेशमा एक उदाहरणीय कृषि ,पशुपालन फार्ममा स्थापित फार्मले कृषि क्षेत्रमा निकै टेवा पुर्याएको साथै प्रदेशकै धेरै सङ्ख्यामा कृषि फार्म दर्ता गरी बागमती नगरपालिका ६ का ९० प्रतिशत युवा कृषि पेशामा आवद्ध गराउने काम गरेको छ । प्राविधिक ज्ञान नहुँदा व्यवसायिक बन्न नसकेको र आगामी दिनहरुमा युवा र कृषिलाई व्यवसायिक बनाउदै समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई साकार पार्ने लक्ष्य घिमिरे दाजुभाईको रहेको नगर उप प्रमुख लिला कुमारी मोक्तानले बताउनु भयो ।
निकै सङ्घर्सका बाबजुद स्थापन भएको घिमिरे दाजुभाइ कृषि तथा पशुपंछी माछा फार्मले नगरका कृषकहरु र युवाहरुलाई राहत पुगेस भनेर नि ः शुल्क माछापालन लगायत अन्य कृषि जन्य तालिम सञ्चालन समेत गर्दै आएको फार्म सञ्चालक घिमिरेले बताउनु भयो । उहाँका अनुसार रिसर्च एण्ड डेभलपमेन्ट ईन्स्टिच्युट नेपालको सहकार्यमा कार्यक्रम सञ्चालन भएको छ ।
घिमिरे दाजुभाईको लगन र मेहनतलाई मध्य नजर गर्दै कृषि पेशामा थप उन्नति गर्न मद्धत पुगोस भनेर कृषि ज्ञान केंद्र सर्लाहीले ५० प्रतिशत छुटमा पावर टिलर अनुदानमा दिएको कृषि ज्ञान केन्द्र सर्लाहीका कार्यालय प्रमुख कमलदेव प्रसाद साहले बताउनु भयो । उहाका अनुसार कृषि पेशलाई थप उन्नति तिर लैजान टेवा पुगोस एवम् युवालाई सक्षम बनाउन र स्वदेशमै रोजगारी सृजना गरि विदेशीने युवाहरुलाई स्वादेशमै केही गर्न सकिन्छ भन्ने घिमिरे दाजुभाइ कृषि तथा पशुपंछी माछा फार्मले सन्देश दिएको छ ।
नेपाल कृषिप्रधान देश भनियता पनि नेपाली युवाहरु पछिल्लो समयमा कृषि पेशा छोडी वैदेशिक रोजगारीको सिलसिलामा विदेश पलायन हुने क्रम बढेको देख्दा आफुहरुलाई त्यस्ता युवाहरुलाई स्वादेश मै रोक्न केही गर्नु पर्छ भन्ने शंदेश दिन मन लागेर कृषि पेशामा लागेको फार्म सञ्चालकका एक सदस्य चेतन घिमिरेले बताउनु भयो । तीनै युवाहरु आज उद्धाहरणीय युवा बन्न सफल भएका छन् । एउटै घरका राम प्रसाद घिमिरे,चेतन घिमिरे, सरोज घिमिरे,याम प्रसाद घिमिरे मिलेर घिमिरे दाजुभाइ कृषि तथा पशुपंछी माछा फार्म सञ्चालन शुरु गर्नु भएको हो ।