युवा सङ्गठन नेपाल सर्लाहीको दोस्रो पूर्ण बैठक सम्पन्न

2.6k Shares

नेत्र विक्रम चन्द(विप्लव)नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट युवा सङ्गठन नेपाल जिल्ला समिति सर्लाहीको दोस्रो पूर्ण बैठक सम्पन्न भएको छ । युवा सङ्गठन नेपाल जनकपुर व्युरो इन्चार्ज बिचारमान थिङको प्रमुख आतिथ्यतामा भएको बैठकमा अखिल नेपाल ट्रेड युनियन महासङ्घ जनकपुर व्युरो संयोजक पदम मगर,ईश्वरपुर नगर सेक्रेटरी सुनिता झा लगायतको आतिथ्यता रहेको थियो भने जिल्ला संयोजक भरत पुलामीले बैठकको अध्यक्षता गर्नु भएको थियो ।
दोस्रो पूर्ण वैठकले नगरपालिका, गाउँपालिका तथा वडा भेला गर्ने, जिल्ला सम्मेलन असोज १९ गते गर्ने, समाजिक विकृति विसङ्गतिविरुद्ध सङ्घर्ष गर्ने निर्णय गरेको युवा सङ्गठन नेपाल जनकपुर व्युरो इन्चार्ज तथा बैठकका प्रमुख अतिथि बिचारमानले जानकारी दिनु भयो ।
बिचारमानले दलाल संसदीय व्यवस्थाको खारेजी र वैज्ञानिक समाजवादी व्यवस्थाका पक्षमा सम्पूर्ण युवाहरू लाग्नुपर्ने बताउनु भयो । उहाँले दलाल संसदीय व्यवस्थाले नागरिकको अधिकार खोसिएको, विभेद र उत्पीडन थोपरेको हुँदा यसको विकल्प वैज्ञानिक समाजवादी व्यवस्थाले मात्र पूरा गर्ने बताउनु भयो ।
आफ्नो पार्टीले लिएको जनमत सङ्ग्रहको एजेन्डा नै जनताको एजेन्डा रहेको र प्रगतिशील संयुक्त सरकार दलाल संसदीय व्यवस्था ठीक कि वैज्ञानिक समाजवादी व्यवस्था ठीक भन्ने व्यवस्था चुन्ने जनमतसङ्ग्रहको चुनावको बारेमा सबै नागरिकलाई बुझाउनुपर्ने जिम्मा युवाहरूको काधमा रहेको उहाँले बताउनु भयो ।

सम्बन्धित समाचार