Close This

सर्लाहीमा कोरोना संक्रमितको संख्या ८१०, शनिबार ३२ संक्रमित थपिए

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-४-२४ गते   २५५ पटक हेरिएको

सर्लाहीमा कोरोना संक्रमितको संख्या ८ सय भन्दा बढि पुगेको छ । शनिवार एकै दिन ३२ जना नयाँ कोरोना संक्रमितहरु थपिए पछि अब जिल्लामा कोरोना संक्रमितको संख्या ८ सय १० पुगेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताउनु भयो ।
शनिवार थपिएका ३२ जना कोरोना संक्रमित व्यक्तिहरु मध्ये अधिकांश मलंगवा नगरपालिकाको रहेको र केहि लालबन्दी नगरपालिका तथा ईश्वरपुर नगरपालिकाको रहेको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो ।
शुक्रवार मात्र मलंगवा नगरपालिकामा १ सय ३९ जनाको स्वाब संकलन गरिएको थियो ।जसमध्ये मालपोत कार्यालयका कर्मचारी, विभिन्न बैक तथा वित्तिय संस्था, व्यपारी, नगरपालिकाका कर्मचारीहरु लगायतका व्यक्तिहरुको स्वाब संकलन गरि  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु पठाइएको थियो । भने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुबाट रिपोर्ट आउन बाँकी रहेको मलंगवा नगरपालिकाका नगर प्रमुख निरसल साहले जानकारी दिनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech