४२ औं पुष्पलाल स्मृति दिवसका अबसरमा नेपाल कम्युष्टि पार्टी(नेकपा)सर्लाहीले आज बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । हरिपुर नगरपालिका–१, जानकारी नगर र लालबन्दी नगरपालिका १४,१५ को बोहोरे डाडाँमा बृक्षारोपण कार्यक्रम गरिएको नेकपा सर्लाहीका सचिव कमल बुढाथोकीले जानकारी दिनु भयो ।
नेकपा सर्लाहीका अध्यक्ष रेवती पन्तको अध्यक्षतामा भएको नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२ औँ स्मृति दिवशमा नेकपाका केन्द्रीय सदस्य प्रह्लाद बुढाथोकीले प्रमुख आतिथ्यता जनाउनु भएको थियो । कार्यक्रममा केन्द्रीय सदस्य डाचाराज वाग्ले,नेता अच्युतम काफ्ले,लक्षमण पौडेल,पुर्व माननिय हरी उप्रेती,माननिय डिल्ली प्रसाद उप्रेती, नेता विदुर प्याकुरेल,चुडामणी वाग्ले लगायतको उपस्थिती रहेको अनेरास्वावियुका नेता सरोजबाबु न्यौपानेले जानकारी दिनु भयो ।
४२ औं पुष्पलाल स्मृति दिवसका अबसरमा आयोजिक कार्यक्रममा सहभागी नेकपाका नेता तथा कार्यकर्ताहरुले एकताको भावना जागृत गराई विवाद रहित नेकपा बनाउन आग्रह गरेका छन । दक्षिण यसियाकै ठुलो कम्युनिष्ट पार्टी बनेको अवसरमा पुष्पलाललाई सम्झीदै त्यो अवसरलाई सदुपयोग गरि अगाडी बढ्न र टुट फुट तथा विभाजन नगरि एकताबद्ध भएर पार्टी चलाउन नेता तथा कार्यकर्ताहरुले आग्रह गरेका छन ।नेकपा सर्लाहीले ४२ वटा विभिन्न प्रकारका विरुवाहरु रोपेको छ ।
आँप,अशोक,गोलमहर,मलेसियन सखुवा र कल्पी लगायतका ४२ वटा विरुवा रोपेको नेकपा सर्लाहीले जनाएको छ ।४२ औं पुष्पलाल स्मृति दिवसका अबसरमा नेकपा सर्लाहीका नेता तथा कार्यकताहरुको विशेष उपस्थिती रहेको थियो ।