२० वर्ष मुनीको जिल्लास्तरीय फुटबल प्रतियोगितामा सेरूचीसंग जुटपानी २–१ गोलअन्तरले पराजीत

393 Shares

सर्लाहीको लालबन्दी नगरपालिका १७ मा सञ्चालन भई रहेको २० वर्ष मुनीको जिल्लास्तरीय फुटबल प्रतियोगितामा सेरूची युवा क्लव बागमती ३ संग लालबन्दी २ को जुटपानी युवा क्लव २–१ गोलअन्तरले पराजीत भएको छ ।लालबन्दी नगरपालिका १७ स्थित रहेको महाकाली युवा क्लबको आयोजना तथा जिल्ला फुटबल संघ सर्लाहीको समन्वयमा बिहीबारबाट सुरु भएको २० वर्ष मुनीको जिल्लास्तरीय फुटबल प्रतियोगितामा सेरूची युवा क्लव बागमती ३ संग लालबन्दी २ को जुटपानी युवा क्लव २–१ गोलअन्तरले पराजीत पराजीत भएको जिल्ला फुटबल संघ सर्लाहीका उपा अध्यक्ष एवम महाकाली युवा क्लबका खेलकुद संयोजक विभुसिंह थापाले जानकारी दिए ।
उनका अनुसार “एकताबद्ध देश,खेलकुदको संदेश”भन्ने मुल नाराका साथ सर्लाही जिल्ला मै पहिलो पटक सुरु भएको २० वर्ष मुनीको जिल्लास्तरीय फुटबल प्रतियोगितामा जिल्ला भरीका २० वर्षमुनीका फुटबल खेलाडी भएका १८ वटा टिमले सहभागिता जनाएका छन् ।
लालबन्दी नगरपालिका १७ रानिगंन्ज स्थित आयोजक महाकाली युवा क्लबको खेल मैदानमा बिहीबारबाट सुरु भएको प्रतियोगिताको विजेता टिमलाई रु ३१ हजार एक सयका साथै शिल्ड,मेडल र प्रमाण पत्र प्रदान गरिनेछ भने दोस्रो हुने टिमलाई रु २० हजार एक सयका साथमा शिल्ड  र मेडल प्रदान गरिने आयोजकले जनाएको छ ।नक आउट चरणमा हुने प्रतियोगिता जेठ २० गते सम्म सञ्चालन हुने प्रतियोेगिताको शनिबारबो खेल द अनुप सेवा समाज र राधा कृष्ण युवा क्लब विच दिउँसो ४ बजेबाट सुरु हुने छ ।

सम्बन्धित समाचार