पुर्व पश्चिम लाेकमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका १ र हरिवन नगरपालिका ४ काे सिमा स्थित लखन्देही नदीकाे पुलबाट अन्दाजी सात किलाे एक सय ग्राम प्रतिवन्धित लागू औषध गाँजा सहित दुईजना भारतिय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मंगलबार दिउँसो करिब ५:१० बजेकाे समयमा पुर्व पश्चिम लाेकमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका १ र हरिवन नगरपालिका ४ काे सिमा स्थित लखन्देही नदीकाे पुलबाट अन्दाजी सात किलाे एक सय ग्राम प्रतिवन्धित लागू औषध गाँजा सहित बिआर ३० एजी १६४४ नम्बरकाे भारतिय माेटरसाईकल र त्यसका चालक भारतकाे सितामणी ग्राम पञ्चायत सुतिहारा बारा ६ का अन्दाजी वर्ष २० का छाेटु पासवानलाई र पछाडि सवार भारतकाे सितामणी ग्राम पञ्चायत लहुरीया ९ का अन्दाजी वर्ष २५ का माे.समिम शेषलाई नियन्त्रणमा लिईएकाे ईलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
नियन्त्रणमा लिईएका दुवै जना,माेटरसाईकल र अन्दाजी सात किलाे एक सय ग्राम प्रतिवन्धित लागू औषध गाँजा ईलाका प्रहरी कार्यालय नवलपुरकाे नियन्त्रणमा राखि अनुसन्धान सुरु भएको प्रहरीले जनाएकाे छ ।