पर्सा ५ मा मोटरसाईकल दुर्घटना हुँदा चार जना घाईते

346 Shares

सर्लाहीको पर्सा गाउँपालिका ५ स्थित भित्री सडक खण्डमा भएको मोटरसाईकल दुर्घटनामा चार जना घाईते भएका छन् ।पर्सा गाउँपालिका ५ स्थित पर्साबाट धनकौल तर्फ जाँदै गरेको बिआर ३० एम ९३८० नम्बरको  मोटरसाईकल र विपरित दिशाबाट आउँदै गरेको बा ३७ प ७९५३ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाँदा चार जना घाईते भएका जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार बिआर ३० एम ९३८० नम्बरको  मोटरसाईकलका चालक पर्सा गाउँपालिका ५ का अनदाजी वर्ष २२ का प्रवेज अंसारी,सोही ठाउँका अन्दाजी वर्ष १९ का कमारे अन्सारी,बा ३७ प ७९५३ नम्बरको मोटरसाईकलका  पर्सा गाउँपालिका ५ कै अन्दाजी बर्ष २० का जिकरुल अंसारी र अन्दाजी वर्ष १७ का रियाज अंसारी घाईते भएका हुन् ।घाईतेहरुको स्थानीय स्वास्थ्य संस्थाका साथै प्रादेशिक अस्पताल मलंगवामा उपचार भईरहेको र दुर्घटनामा संग्लग्न दुई वटै मोटरसाईकल प्रहरीको नियन्त्रणमा रहेका छन् ।
अनाधिकृत रुपमा विभिन्न मार्गहरुको प्रयोग गरी नेपाल प्रवेश गरेका भारतिय नम्बरका सवारी साधनहरु लार्पबाही तरिकाबाट चलाउँदा दुर्घटनाको जोखिम बढेको भएपनि सरोकारवाला निकाय मौन देखिएका जानकारहरु बताउँछन् ।

सम्बन्धित समाचार