Close This

बरहथवा नगरपालिकामा कोको ?

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-२-१५ गते   १९३६ पटक हेरिएको

सर्लाहीकोे बरहथवा नगरपालिकाको नगर प्रमुखमा नेकपा(एमाले)की कल्पना कुमारी कटुवाल विजयी हुनु भएको छ । कटुवालले १२ हजार २ सय ७३ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी नेकपा(माओवादी केन्द्र)का उम्मेदवार निवर्तमान नगर प्रमुख देवानन्द महतोले ६ हजार ६ सय ६६ मत प्राप्त गर्नुभयो ।
यस्तै, नगर प्रमुख पदका उम्मेदवार नेपाली कांग्रेसका विगुप्रसाद चौधरीले ६ हजार ५५, जसपाका जय प्रकाश रायले ३ हजार २ सय ९६ र लोसपाका प्रमोद कुमार रौनियारले १ हजार ४ सय ९८ मत प्राप्त गर्नु भएको छ ।
बरहथवा नगरपालिकाको उप प्रमुखमा पनि नेकपा(एमाले)का रामबाबु प्रसाद साहले ९ हजार ९ सय १ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्धन्दी गंगा दाहालले ७ हजार १ सय १९ मत प्राप्त गर्नुभयो । उप प्रमुखमा नेकपा(माओवादी केन्द्र)की सिता देवी माझीले ६ हजार ३ सय १४, जसपाका मिरा सिंह कोइरीले ४ हजार १२ मत र लोसपाकी प्रेम शिला सिंहले १ हजार ६ सय ९८ मत प्राप्त गर्नु भएको छ ।
१८ वटा वडा रहेको बरहथवा नगरपालिकाको वडा नम्बर १ मा लोसपाका राकेश सहनी १ हजार २ सय ३२,वडा नम्बर २ मा चेत बहादुर राउत ८ सय १५, वडा नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार नन्दकिशोर महतो ७ सय ६२,वडा नम्बर ४ मा नेकपा एमालेका कृष्ण कुमार शाह ३ सय ४,वडा नम्बर ५ मा नेपाली कांग्रेसका शिव कुमार सिंह कोइरी ८ सय ३१,वडा नम्बर ६ मा नेपाली कांग्रेसका मोहम्मद अफताब आलम ५ सय ९६, वडा नम्बर ७ मा नेपाली कांग्रेसका राम प्रकाश दास ७ सय ६६,वडा नम्बर ८ मा नेकपा एमालेका राज किसोर महतो ५ सय ४३,वडा नम्बर ९ मा नेकपा(माओवादी केन्द्र)का तुलसी प्रसाद लुइँटेल ६ सय ५९,वडा नम्बर १० मा बहुजन एकता पार्टी नेपालकी सर्मिला कुमारी राम ६ सय ६, वडा नम्बर ११ मा नेपाली कांग्रेसका नवराज राई ५ सय ९२,वडा नम्बर १२ मा नेपाली कांग्रेसका रामजी राय यादव ४ सय ७२,वडा नम्बर १३ मा नेकपा एमालेका राजगिर दर्जि ४ सय ७७,वडा नम्बर १४ मा जसपाका दिपेन्द्र प्रसाद यादव ३ सय ६८,वडा नम्बर १५ मा नेकपा एमालेका राम बहादुर चौधरी ६ सय ९५, वडा नम्बर १६ मा नेकपा एमालेका लक्ष्मी नारायण महतो ८ सय ६०, वडा नम्बर १७ मा जसपाका राम विश्वास राय ७ सय ५१ र वडा नम्बर १८ मा नेकपा एमालेका अरविन्द कुमार यादव ३ सय २७ मत ल्याउँदै वडा अध्यक्षमा निर्वाचित हुनु भएको छ ।
२० वटा स्थानिय निकाय रहेको सर्लाहीमा स्थानिय निकायको निर्वाचन २०७९ बैशाख ३० मा नेपाली कांग्रेसले १२ वटा, नेकपा(माओवादी केन्द्र)ले ४ वटा, जनता समाजवादी पार्टीले २ वटा,लोकतान्त्रीक समाजवादी पार्टीले १ वटा र नेकपा(एमाले)ले १ वटा स्थानिय निकायमा  आफ्ना उम्मेदवारलाई निर्वाचित गराउन सफल भएको छ । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech