Close This

सर्लाहीका ४ विद्यालय सम्मानीत,

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-९-१९ गते   ४३९ पटक हेरिएको

सर्लाहीका ४ विद्यालयलाई सम्मान गरिएको छ । लालबन्दी नरगपालिका १२ जियाजोरमा रहेको नारायण जनता मावि,लालबन्दी नरगपालिका १६ परवानीपुरमा रहेको डिम जनता मावि,हरिवन नगरपालिका २ अत्रौलीमा रहेको रामअवतार जनता मावि र इश्वरपुर नरगपालिका १२ घारीबथानमा रहेको नेपाल राष्ट्रिय जनता माविलाई आईतबार सम्मान गरिएको हो। लालबन्दी नरगपालिका १७ को वडा कार्यलयको सभाहलमा सम्मान कार्यक्रमको आयोजना गरि ४ विद्यालयलाई सम्मान गरिएको आयोजकले बताएको छ ।


यहि मंसिर  २४ देखि पौष १४ सम्म चलेको  निःशुल्क रक्त समुह पहिचान कार्यक्रममा आवश्यक सहयोग र समन्वय गरेको भन्दै हरिवन नगरपालिका ११ मा रहेको नेसन सपोर्ट फाउन्डेसन र दुधौली नगरपालिका ९,सिन्धुलीमा  प्रधान कार्यालय रहेको कमलामाई मिडिया प्रालीले सम्मान गरेको हो ।
यहि मंसिर ४ बाट सुरु भइ पौष १४ मा सकिएको निः शुल्क रक्त समुह पहिचान कार्यक्रममा ४ विद्यालयका ५ सय जना विद्यार्थीहरु र शिक्षकहरु प्रत्यक्ष लाभन्वित भएका थिए ।  हरिवन नगरपालिका २ को राम अवतार जनता माविका १ सय ५८ जना,लालबन्दी नगरपालिका १२ को नारायण जनता माविका १ सय ६२ जना,लालबन्दी नगरपालिका १६ को डिम जनता माविका एक सयजना र इश्वरपुर नगरपाकिला १२ को नेपाल राष्ट्रिय जन्ता माविका ८० जना गरि जम्मा ५ सय जना विद्यार्र्थीहरु र शिक्षकहरु लाभान्वित भएका फाउन्डेसनका अध्यक्ष राजेश साहले बताउनु भयो ।  अध्यक्ष साहका अनुसार कदर पत्र,मायाको चिनो र खादा ओढाएर सम्मान गरिएको हो ।
फाउन्डेशनका अध्यक्ष साहको अध्यक्षता तथा शिक्षा विकास तथा समन्वय इकाइका निमित्त प्रमुख राम आधार कुशवाहको प्रमुख आतिथ्यता रहेको थियो ।  वडा नम्बर १७ का वडा अध्यक्ष नवराज अधिकारी,लालबन्दी नगरपालिका १२ को नारायण जनता माविका प्रधानाध्यापक ऋषि प्रसाद सुवेदी,लालबन्दी नगरपालिका १६ को डिम जनता माविका शिक्षक प्रदिप प्रसाद तिमल्सेना र इश्वरपुर नगरपालिका १२ को नेपाल राष्ट्रिय  जनता माविका प्रधानाध्यापक रामवृक्ष महत्तो लगायत स्वयम सेवकहरुको उपस्थिती रहेको थियो ।
कुनै पनि सरकारी तथा गैर सरकारी संस्थाको ध्यान पुग्न नसकेका स्थानहरुमा सहयोगी मनहरु पुग्छन भन्ने  उद्धेश्यका साथ सामाजिक कार्यमा आफुहरु पनि लागि परेको कमलामाई मिडिया प्रालीका अध्यक्ष पत्रकार शंखर पहाडी(गौरब)ले बताउनु भयो । प्रधान कार्यालय सिन्धुलीको दुधौली नरगपालिका ९ भएपनि शाखा कार्यालयबाट आफ्नो सेवा सञ्चालन भइ रहेको र जिल्लाको दुर्गम भनेर चिनिने अत्रौली,जियाजोर,परवानीपुर र घारी वथानमा पुगेर आफुहरुले निःशुल्क सेवा गर्न पाउँदा खुसी लागेको अध्यक्ष पत्रकार पहाडीले बताउनु भयो ।
रक्त समुह पहिचानको काम ठुलो नभएपनि सानो काम र दुर्गम स्थानमा सो कार्य गर्दा अरु सरकारी तथा गैर सरकारी संस्थाहरुको ध्यान यस क्षेत्रतर्फ केन्द्रीत हुनेमा आफु विश्वस्त रहेको फाउन्डेशनका अध्यक्ष साहले बताउनु भयो ।  फाण्डेशन र मिडिया प्रालीको संय्ुक्त आयोजना तथा लालबन्दी ६ मा रहेको सुर्योदय लाइफ केयर सेन्टर(हस्पीटल)प्रालीले प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । 
 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech