पटक पटक विवादमा आएपछि सर्लाहीका प्रहरी प्रमुख प्रसाई हेडक्वार्टर तानिए

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१२-१६ गते   ३७० पटक हेरिएको

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक कृष्ण प्रसाईं प्रहरी प्रधान कार्यालय तानिएका छन् । प्रहरी निरिक्षक हुँदा देखि मधेश प्रदेश कै जिल्लाहरुमा प्रमुखको भुमिकामा रहेका प्रहरी उपरिक्षक प्रसाईलाई आफ्नो जिम्मेवारी पुरा गर्न नसकेको भन्दै प्रहरी प्रधान कार्यालयले तानेको हो ।
भन्सार छलीका सामान,खोला ठेक्का तथा प्रहरी युनिटहरुका प्रमुख बनाएर पठाउँदा समेत कमिसन असुल्नमा व्यस्त रहेका प्रहरी उपरिक्षक प्रसाई जिल्ला प्रहरी कार्यालय सर्लाही आएदेखि नै विवदामा मुछिएका थिए ।  त्यस पश्चात प्रहरी उपरिक्षक प्रसाईलाई प्रहरी प्रधान कार्यालयले तानेर प्रहरी उपरिक्षक प्रविण पोख्रेललाई सर्लाही प्रहरी प्रमुख बनाएर पठाएको हो ।
कार्तिक ७ गते सर्लाही प्रहरी प्रमुख भएर आएका प्रसाईलाई ५ महिनामा प्रहरी प्रधान  कार्यालयले तानेको छ । सामान्यतया प्रहरी उपरिक्षकहरुको १० महिना बसाई भएमा सफल कार्याकाल भएको मानिन्छ तर उनलाई ५ महिना मै तानिएको छ ।
सत्ता गठबन्धनबाटै प्रहरी उपरिक्षक प्रसाईंप्रति आपत्ति जनाएपछि उनलाई हेडक्वार्टर तानिएको प्रहरी स्रोतले जनाएको छ । ‘प्रहरी उपरिक्षक प्रसाईं हालै मात्र सरुवा भएर सर्लाही आएका भए पनि उनी राजनीतिक तथा आर्थिक विवादमा परेपछि उनलाई हेडक्वार्टर तानिएको हो,’ प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech