जितपुरमा ट्राफिक प्रहरीद्धारा दुर्घटनामुक्त अभियान सुरु

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-४-१३ गते   १८०४ पटक हेरिएको

बाराको जितपुर ट्राफिक प्रहरी प्रमुख असई दिपक बस्नेतले दुर्घटना मुक्त अभियान सुरु गरेका छन् । जितपुर सिमरा क्षेत्र औद्योगिक क्षेत्र भएका कारण सवारी साधनहरुको चाप धेरै हुने भएकाले साना निजी तथा भाडाका सवारी साधनहरुका साथै साईकल यात्रीहरुलाई दुर्घटनाबाट कसरी बचाउनसकिन्छ भन्ने उद्धेश्यका साथ असईबस्नेतले जनचेतनामुलक अभियान सुरु गरेका हुन ।
साना निजी तथा भाडाका सवारी साधनहरुका साथै साईकल यात्रीहरुलाई सडक छेउबाट हिड्न,आफनो लेनमा नीयम पुर्वक हिड्न र जताततैबाट बाटो काट्नेलगायतका ट्राफिक नीयम विपरितका गतिविधिहरु नगर्न नगराउन आग्रह गर्दै दुर्घटना मुक्त अभियान सुरु गरिएको असई बस्नेतले जानकारी दिए । उनले साना निजी तथा भाडाका सवारी साधनहरुका साथै साईकल यात्रीहरुलाई पहिलो चरणमा आफ्नो लेनको बारेमा जानकारी गराएको बताए ।
जितपुर सिमरा क्षेत्र औद्योगिक क्षेत्र भएका कारण पनि तीउद्योगहरुमा काम गर्ने मजदुरहरु धेरै भएकाले पनि औद्योगिक क्षेत्रका मजदुरहरुबाट अभियानकोसुरुवात गरिएको उनको भनाई छ ।
छातापिपराका उद्योगहरुमा काम गर्ने मजदुरहरु साँझमा तथा राती  डिउटी सकाएर वा डिउटीमा जादाँ ६ लेनको सडकको विचैबाट हिड्ने गरेका र त्यसो गर्दा दुर्घटनाको जोखिम बढेको भन्दै दुर्घटना मुक्त अभियान सुरु गरिएको असईबस्नेतले बताए ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech