घुस भागवण्डामा विवाद,कुटाकुट गर्ने प्रहरी कर्मचारीकाे छानवीन गर्न प्र.नि बुढाथाेकीकाे नेतृत्वमा समिति गठन

287 Shares

पुर्व पश्चिम राजमार्ग अन्तरगत सर्लाहीको बागमती नगरपालिका ११ कर्मैयामा नेपाल प्रहरी र ट्राफिक प्रहरी कर्मचारी विच घुस काण्डमा विवाद हुँदा कुटाकुट भएको छ।असार १९ गते अन्दाजी ७ः५५ बजे पुर्व पश्चिम राजमार्ग अन्तरगत सर्लाहीको बागमती नगरपालिका ११ कर्मैया स्थित रहेको चेकिङ पईन्टमा भुसको गाडी रोकी रू दुई सय लिएको विषयमा भागवण्डा गर्न कुरा नमिलेपछि प्रहरी सहायक हबल्दार बिर बहादुर साह र अस्थायी ट्राफिक प्रहरी पोष्ट कर्मैयाका प्रहरी जवान कमलेश कुमार यादव बिच बिवाद भई कुटाकुट हुँदा प्रहरी सहायक हबल्दार साह घाईते भएका प्रहरी स्रोतले जनाएको छ ।
स्रोतका अनुसार अस्थायी ट्राफिक प्रहरी पोष्ट नयाँ रोडबाट भुस बोकेको ट्रक भागेपछि सर्लाहीको बागमती नगरपालिका ११ कर्मैयाको चेक पोईन्टमा रोकिएको र रु दुई असुले पछि सोही रकम भागवण्डा गर्ने विषयमा विवाद हुँदा प्रहरी जवान यादवले सहायक हबल्दार साहलाई कुटपिट गरेका हुन ।प्रहरी सहायक हबल्दार चन्द्र कान्त अधिकारीको उक्साहटमा प्रहरी जवान यादवको कुटपिटबाट प्रहरी सहायक हबल्दार साहको टाउकोमा चोट लागेको र बागमती मोडेल अस्पताल कर्मैयामा उपचार भएको हो ।
भने सो घट्नामा संग्लग्न अर्का प्रहरी जवान यादवलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीका प्रमुख तथा प्रहरी निरीक्षक रजोश घिमिरेले जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीको कार्यालयमा ल्याएका छन्।तर घुस लिएर बाँडफाँडमा विवाद भएर प्रहरी कर्मचारी घाइते भएका भए पनि सो विषय नेपाल प्रहरी तथा ट्राफिक प्रहरी दुवैले गुपचुप राखेका छन् ।
अन्य देशमा सामुन्द्रिक लुटेराको चर्चा चल्ने गरेको भएपनि नेपालमा हाईवे लुटेरा सक्रिय रहेका छन्।भनेर जानकारहरुले भन्ने गरेको भनाइ पुर्व पश्चिम राजमार्ग अन्तरगत सर्लाहीको बागमती नगरपालिका ११ कर्मैयामा छर्लङ भएको छ ।११ वटा ट्राफिक प्रहरी युनिट रहेको सर्लाहीमा अस्थायी ट्राफिक प्रहरी पोष्ट फूलजोर,नयाँ रोडका साथै कर्मैया र मलंगवालाई ट्राफिक प्रहरी कर्मचारीहरुले मालदार स्थानको रुपमा लिने गरेका छन्।फूलजोरमा माछा र भैँसी,नयाँ रोडमा भारवाहन क्षमता भन्दा बढी र कर्मैयामा यात्रु बसहरुका साथै माल वाहक सवारीसाधनहरु र मलंगवामा सवारी चालक अनुमति पत्रको कामलाई ट्राफिक प्रहरीले असुलीको मुख्य स्रोतको रुपमा लिने गरेका छन् ।यसका साथै भारतबाट धान बोकेर आउने भारतिय नम्बरका सवारीसाधनहरुका साथै कुखुरा,गोरु र तरकारी ओसार पसार गर्ने र भार वाहन क्षमता भन्दा बढी भार वाहन गर्ने सवारीसाधनहरुबाट ट्राफिक प्रहरीले चर्काे असुली गर्ने गरेको यातायात व्यवसायीहरुको गुनासो छ।
सो सम्बन्धमा ईलाका प्रहरी कार्यालय कर्मैयाका प्रमुख एवम प्रहरी नायव निरीक्षक सुभाष यादवले ट्राफिक प्रहरीले रु दुई सय लिएपछि विवाद भएको र घुस खाने ट्राफिक प्रहरी कर्मचारीलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीका प्रमुख एवम प्रहरी निरीक्षक रजोश घिमिरेले संरक्षण गरेका बताए।साथै,ट्राफिक प्रहरी कर्मचारीलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीका प्रमुख एवम प्रहरी निरीक्षक घिमिरेले भुसको गाडिलाई जरिवाना गर्ने कि नगर्ने भन्ने विषयमा सामान्य विवाद भएको बताए।यता,जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक विशाल बुढाथोकीको नेतृत्वमा सो विषयमा छानवीन समिति समेत गठन गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

सम्बन्धित समाचार